२ कार्तिक २०८३, सोमबार

डिभोर्सका लागि मलाइकाले अरबाजसँग मागिन १० करोड क्षतिपूर्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । अरबाज खान र मलाइका अरोडाको जोडी बलिउडको ‘वेस्ट कपल्स’मा गनिन्थ्यो । तर, अब यो वेस्ट जोडी चाँडै नै सम्बन्ध विच्छेद (डिभोर्स) गरेर औपचारिक रुपमै एक अर्काबाट अलग हुँदैछन् ।

दुबैले डिभोर्सका लागि केस पनि फाइल गरेका छन् । र, मलाइकाले अरबाजसँग मुआब्जा र क्षतिपूर्तिको रुपमा १० करोड रुपैयाँ माग अदालतमा गरेकी छन् । यो मागलाई अरबाजले स्वीकार पनि गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपी अदालतले यिनीहरुको छोरो अरहान खानको बारेमा कुनै फैसला गरिसकेको छैन् । तर, अरबाजले आफ्नो छोराको खर्च व्यहोर्ने इच्छा देखाएका छन् ।

कोर्ट दुबैलाई ६ महिनाको समय दिएको छ । आउँदो वर्षको अप्रिलमा दुबै जनालाई अदालतबाट डिभोर्स मिल्नेछ । यद्यपी दुबैले यसअघि नै आफूहरु अलग भएको घोषणा गरिसकेका छन् । र, दुबै जना अलग अलग बस्दै आएका छन् ।