१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा अनेरास्ववियु प्राकले गर्यो बक्तित्वकला प्रतियोगिता

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, १५ पुस । पाँचथर अनेरास्ववियु प्रारम्भिक कमीटी दोर्दिम्बाले सदन वाईज बक्तित्वकला प्रतियोगिता गरेको छ ।

अघिल्लो कमीटी भन्दा हालै विर्बाचित जिल्ला कमीटी सक्रीय रहेको पाईन्छ । बिहिबार प्राकको सक्रीयामा दूर्दिम्बामा नेपालको संविधानमा महिलाहरुको भूमिका बिषयक शिर्षकमा वक्तित्वकला प्रतियोगिता भएको हो ।

अनेरास्ववियू जिल्लासदस्य दिलिप राज खजूम को अध्यक्षता तथा रामेश्वर वाजीको प्रमूख आतिथ्यमा तिनसय बढी सहभागी रहेका थिए ।

प्रतियोतामा कक्षा ६ का समिक्षा नेपाली प्रथम ,कक्षा १० शूभाष थापा दोस्रो, उपेन्द्र थापा तेस्रो, र सान्वना फूलमाया लिम्बू भएका छन ।

जिल्लामा आगामी बिभिन्न कार्यक्रम गरीने अभियान रहेको स्ववियू जिल्लासहसचिव राजेन्द्र आङदेम्बेले जनाएका छन । कार्यक्रम पूणर््िामा सावाले संचाल गरेकी थिईन ।