४ मंसिर २०८३, शुक्रबार

सरकार र एमालेलाई दबाब दिने मधेसी मोर्चाको रणनीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनमा एमाले र सरकारलाई दबाब दिने भएको छ ।

मधेसी मोर्चाले शुक्रबार काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा आयोजना गर्ने पत्रकार सम्मेलनमा एमाले र सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गर्न सक्ने मोर्चाका एक नेताले बताए ।

‘मधेसी मोर्चाले तराईका जिल्लामा केन्द्रित रहने गरेर केही आन्दोलनका कार्यक्रम दिन सकिन्छ । नेताहरूले सोँच बनाएका छन् । अन्तिम निर्णय भइसकेको छैन’, स्रोतले भन्यो, ‘संविधान संशोधन भएपछि मात्रै निर्वाचनमा जाने गरेर दबाब दिइनेछ ।’

मधेसी मोर्चाको बैठक अहिले केही समयपछि फेरि पनि बिजुलीबजारमा बस्दैछ । बैठकले संशोधन र निर्वाचनका साथ मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा आफ्नो धारणा सार्वजनिक गर्ने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए ।

‘बिहीबारदेखि सुरु भएको बैठक अझै सक्किएको छैन’, उनले भने, ‘समग्र राजनीतिक विषयमा छलफल भइरहेको छ । मोर्चाको आधिकारिक धारणा दिउँसो एक बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भनेका छौँ ।’