काठमाडौं, १५ पुस । आपूर्तिमन्त्री दीपक बोहराले राष्ट्रिय भूकम्प पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले चित्तबुझ्दो जवाफ नदिए पदबाट हटाउन सक्ने अधिकार सरकारमा रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री बोहराले भने, ‘सुशील ज्ञवालीजीले काम गर्न सक्नु भएन ।
भूकम्पपीडित जनताको घर निर्माण हुन सकेन । समयमा पैसा वितरण गर्न सक्नु भएन । जाडोमा जनताले दुःख पाए’, उनले सरकारले पटक पटक निर्देशन दिँदा पनि कार्यकारी अधिकृत ज्ञवालीले कार्यसम्पादन गर्न नसकेको दाबी गरे ।
सरकारले कार्यसम्पादनमा चित्त नबुझेर स्पष्टीकरण सोधको बताएका मन्त्री बोहराले भने, ‘उहाँले कसका लागि काम गरिरहनु भएको छ । हामीले कुरा बुझेका छैनौँ ।’
उनले भन, ‘सुशील ज्ञवालीजीको स्पष्टीकरण चित्त बुझेन भने हटाउने नै हो । तर पहिला स्पष्टीकरण ओस् । सरकारसँग जस्तो पनि अधिकार छ ।’ ज्ञवालीको स्पष्टीकरण जनतालाई चित्त बुझेन भने कानुन र ऐन अनुसार अगाडि बढ्ने आपूर्तिमन्त्री बोहराले चेतावनी पनि दिए ।
भूकम्प पुनर्निर्माण प्राधिकरणको कार्यसम्पादनमा चित्त नबुझेपछि बिहीबार सरकारले कार्यकारी निर्देशक ज्ञवालीसँग स्पष्टीकरण सोधको छ । ज्ञवालीले पनि एकहप्ताभित्र स्पष्टीकरणको जवाफ दिने बताएका छन् ।











प्रतिक्रिया