२ कार्तिक २०८३, सोमबार

एकदिनको फरकमा कैरी फिशर र डेबी रेनाल्ड्सको निधन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लस एञ्जलस । स्टार वार्स’ फेम एवम् चर्चित हलिवुड ऐक्ट्रेस कैरी फिशरको मृत्यु भएको ठीक एक दिनपछि उनकी आमा एवम् चर्चित अभिनेत्री डेबी रेनाल्ड्सको पनि निधन भएको छ ।

८४ वर्षीया डेबीलाई हृदयघात भएका कारण निधन भएको समाचारमा उल्लेख छ । हृदयघात भएपछि उनलाई बुधवार अमेरिकाको लस एञ्जेलिसस्थित हस्पिटिलमा भर्ना गरिएको थियो ।

कैरी फिशरको अंत्येष्टिको तैयारी भइरहेका बेला रेनाल्ड्सको स्वास्थ्यमा एकाएक खराबी आएको थियो । त्यसको केही समयपछि मृत्यु भएको उनका छोरा टाड फिशरले बताएका छन् ।

सन् १९५९ मा एडी फिशरले डेबीबीच सम्बन्ध विच्छेद भएको थियो । त्यस समय एलिजाबेथ टेलरसँग उनको अफेयर चलिरहेको थियो । डेबीले दुई वटा बिहे गरेकी थिइन् ।

‘टैमी ऐंड द बैचलर’ र ‘द अनसिंकेबल मोली ब्राउन’ जस्ता फिल्ममा शानदार अभिनय गरेका कारण उनलाई ओस्करका लागि मनोनयन गरिएको थियो ।

कैरी फिशरलाई शुक्रवार एक फ्लाइटमा यात्रा गर्ने बेला हार्ट अटैक भएको थियो । – एजेन्सी