१९ कार्तिक २०८३, बिहिबार

एमाले बैठकः संशोधनविरुद्ध आन्दोलनलाई सशक्त बनाउने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा (कपिलवस्तु), १४ पुस । प्रदेश टुक्राएको विरोधमा आन्दोलन गर्दै आएको नेकपा एमाले कपिलवस्तुले थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

एमाले क्षेत्र नं. ४ र ५ को संयुक्त विस्तारित बैठकले संशोधन प्रस्ताव विरुद्धको आन्दोलनलाई सशक्त बनाएर लैजाने निर्णय गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले आन्दोलन निरन्तर जारी रहेको बताउँदै आन्दोलनलाई थप सशक्त बनाउन सबै कार्यकर्ताहरुलाई सक्रिय भई अगाडि बढ्न निर्देशन दिनुभएको छ ।

बैठकले पुस १२ गतेदेखि १८ गतेसम्म नागरिकहरुबाट प्रदेश नम्बर ५ टुक्राउन पाइँदेन भन्ने विषयमा हस्ताक्षर संकलनको कार्यक्रम अघि सारेको पोखरेलले बताउनुभयो ।

हस्ताक्षर अभियानमा सम्पूर्ण देशपे्रमी नागरिकलाई सहभागिता गराउन सक्रिय भई लाग्न उहाँले अनुरोध गर्नुभयो । पुस १९ गते र २६ गते नगर तथा गाउँ कमिटी, वडा कमिटीहरुले आ–आफ्नो ठाउँमा बिरोद्ध जुलुस गर्ने, २७ गते विरोध जुलुससहित बिशाल आमसभा गर्ने बैठकमा निर्णय भएको एमाले क्षेत्र नं. ५ का इन्चार्ज एवं जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारीले जानकारी दिनुभयो ।

यस्तै स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आ-आफ्नो नगरपालिका, गाबिस, वडा तथा टोलहरुमा मतदाता नामावलीमा नाम दर्ता गराउन तथा सुसुचित गराउने समेत बैठकले निर्णय गरेको क्षेत्रीय इन्चार्ज अधिकारीले बताउनुभयो ।

यसका साथै नगरपालिका, गाबिस परिसदहरुमा पार्टी प्रतिनिधिहरु आफ्नो कार्यक्षेत्रभित्र आन्तरिक वडा मञ्चबाट कहाँ कुन योजना आएका छन्, त्यसको जाचंबुझ गरि सम्बन्धित ठाउँमा सही तरिकाले पुर्याउनका लागि निगरानी एमालेले बताएको छ ।