१९ कार्तिक २०८३, बिहिबार

रामेछापमा शिक्षकले प्रधानाध्यापक कुटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नवराज श्रेष्ठ

रामेछाप, १४ पुस । भिमेश्वर रुद्र मावि चिसापानीका प्रधानाध्यापक ४२ वर्षिय मनोजकुमार सिंङलाई गएराति सोही विद्यालयका प्रावि शिक्षक लवकुमार श्रेष्ठले कुटपीट गरेका छन् ।

राति आफ्नो कोठामा खानापकाई रहेका सिंङलाई मादक पदार्थ सेवन गरी आएका श्रेष्ठले कुटपीट गरेको पीडितको भनाई छ । साँझ ८ बजेतिरे कोठामा गएका श्रेष्ठले उनलाई अश्लिल गाली गर्दै कुटपीट गरेका थिए । कुटपीट गरी लगाएको लुगा समेत च्यातिदिएको पीडितले मनोज कुमारले बताए ।

कुटपीट गरी उनी हिँडेपछि नजिकै रहेको शिक्षक र अभिभावकलाई प्रअले खबर गरेका थिए । खबर पाएपछि नजिकै रहेका शिक्षकहरु र केही अभिभावक उनको कोठामा पुगेका थिए । त्यसपछि पुनः स्थानीय शिवशंकर श्रेष्ठ समेतलाई लिई उनी प्रअको कोठामा पुगेका थिए । एक घण्टा पछि पुगेका उनले पुन कुटपीट गर्न लागेपछि स्थानीयले छुट्याएका थिए ।

घटनापछि पीडित पक्षले जिल्लाप्रहरी कार्यालय रामेछापमा फोन मार्फत जानकारी गराएकामा पुस बिहिबार विहान उनको कोठामा पुगि प्रहरीले प्रकृति मुचुल्का बनाएको पीडितले जनाए ।

यसै विषयलाई लिएर बिहिबार विद्यालयको स्टाफ बैठक बसी घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय रामेछापमा जाने निर्णय गरेको छ ।