१९ कार्तिक २०८३, बिहिबार

मध्यपश्चिमको निरीक्षणमा प्रधानसेनापति, जनताको हितमा काम गर्न निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । प्रधान सेनापति राजेन्द्र क्षत्रीले मध्यपश्चिम पृतना हे.क्वा. अन्तर्गत हुम्ला जिल्लास्थित नयाँ भैरवीदल गुल्म र मुगु जिल्लास्थित दुर्गा भञ्जन गुल्मको निरिक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति क्षत्रीले उक्त गुल्महरुको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो ।

सोही अवसरमा उहाँले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हीत रक्षार्थ अनुशासित, संयम् एवं पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिनु भएको थियो ।

उक्त निरिक्षण भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधान सेनापति क्षत्री आजै काठमाडौ फिर्ता हुनु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।