काठमाडौं, १४ पुस । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले प्रमुख विपक्षी दल एमालेलाई संसदको गतिरोध हटाउन आग्रह गर्नुभएको छ ।
पार्टी कार्यालय तीनकुनेमा आज पत्रकार सम्मेलन गरेर अध्यक्ष गच्छदारले एमालेले गम्भीर भएर संसद र राजनीतिक मुद्दाहरूमा ध्यान दिनुपर्ने बताउनु भएको हो । ‘एमालेले बेवास्ता गरेर अगाडि बढ्ने अवस्था पनि छैन’, उहाँले भन्नुभयो, ‘एमाले जस्तो पार्टीले संसद अबरोध गर्नु पनि हुँदैन । सहमति र सहकार्यको राजनीतिलाई छाड्नु हुँदैन ।’
वर्तमान नौँ महिने सरकारले पाँच महिना २० दिन पूरा गरेको बताउनु भएका अध्यक्ष गच्छदारले भन्नुभयो, ‘सरकारमा सहभागी हुन प्रधानमन्त्रीले अहिलेसम्म मलाई भन्नुभएको छैन ।’ उहाँले आफू शेरबहादुर देउवा र पुष्पकमल दाहालसँगको सम्पर्कमा रहेको पनि बताउनुभयो ।
अध्यक्ष गच्छदारले झापा, मोरङ र सुनसरीसहितका जिल्ला मिलाएर आठौँ प्रदेश बनाउन पनि प्रस्ताव गर्नुभएको छ । अहिलेको संशोधन प्रस्ताव अपर्याप्त रहेको बताउनुभएका गच्छदारले कैलाली र कञ्चनपुरलाई पाँच नम्बर प्रदेशमा मिसानै पर्ने अडान राख्नुभयो ।














प्रतिक्रिया