४ मंसिर २०८३, शुक्रबार

राप्रपाको बैठक सकियो, केन्द्रीय निर्वाचन समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।

विहिबार विहान पार्टी मुख्यालय धुम्वाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिबेशन प्रयोजनको लागि पार्टीका केन्द्रीय उपाध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा १५ सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनको तयारी सम्बन्धमा राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी माघ ३ गते देखि काठमाडौंमा बस्नेछ ।