२ कार्तिक २०८३, सोमबार

‘म विवाहितलाई पनि बिहेको प्रस्ताव आइरहन्छ’

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजकुमार तामाङ, अभिनेता/खलनायक

० तपाईको अभिनय यात्रा आजकाल कतातिर मोडिएको छ ?

फिल्म पनि खेल्ने गरेको छु । आजकाल अलि धेरै म्युजिक भिडियोमा खेल्दै आएको छु । सन्देशमुलक सर्ट फिल्म खेल्ने गरेको छु । म्युजिक भिडियो र सर्ट फिल्म पनि बनाउने गरेको छ ।

० किन यतातिर लाग्नुभयो ?

समयको माग पनि हेर्नुपर्छ । सुरुमा रहरले म्युजिक भिडियो खेलियो । अब सबैले म्युजिक भिडियो खेल्न अफर गर्न थालेका छन् । म पनि यसमा रमाइरहेको छु ।

० हिन्दी फिल्म कत्तिको हेर्नु हुन्छ ?

हेर्छु गरेको छु । तर साउथ फिल्म अलि धेरै हेर्छु । त्यसमा पनि एक्सन मुभी मनपर्छ ।

० हिन्दी फिल्मका कलाकारहरू कसलाई मन पर्छ ?

रजनिकान्त, शाहरुख खान, आमिर खान, प्रभास, जुनियर एनटिआर, पवन, नार्गिस फारुखी लगायत मनपर्छ । उनीहरूको अभिनय राम्रो छ ।

० तपाई खलपात्रमा चिनिएको कलाकार ? कस्तो खालको अभिनय गर्न मन पर्छ ?

एङ्ग्रीम्यानको अभिनय गर्न मन पर्छ । रोमान्टिक खालको खलपत्रमा अभिनय गर्दा पनि रमाउने गर्छु ।

० तपाईलाई मन पर्ने खलपात्र (कलाकार) को हो ?

सुनील थापाको अभिनय मन पर्छ । उहाँले खेलेका खलपात्रहरू जीवन्त छन् ।

० नायक/नायिकामा कसलाई मन पर्छ नि ?

नायकमा निखिल उप्रेती, विराज भट्ट र नायिकाहरू रेखा थापा, प्रियंका कार्कीलगायतका कलाकारहरू राम्रा छन् । सबै नायिक नायिका आ–आफ्नो ठाउँमा राम्रा छन् । नयाँ पनि राम्रा कलाकार छन् ।

० गीत कत्तिको सुन्नु हुन्छ नि ?

अधुनिक र रोमान्टिक गीतहरू सुन्छु । तर समय अभावले आजकाल अलि सुन्न पाएको छैन ।

० रक्सी र चुरोट कहिले खानु भएको छ ?

अहिलेसम्म खाएको छैन । सानैदेखि खाएको छैन । त्यसको गन्ध मन पर्दैन ।

० तपाईलाई खानामा के–के मन पर्छ ?

मकैको ढिँडो, साग र गुन्द्रुक मन पर्छ ।

० तपाई विवाहित हो कि होइन ?

विवाहित हुँ ।

० पत्नीलाई कति माया गर्नु हुन्छ ?

गर्छु नि । धेरै माया गर्छु ।

० युवतीहरूको प्रेम प्रस्ताव आउँछ कि आउँदैन ?

आउँछ नि । म विवाहितलाई पनि प्रेम प्रस्ताव आउँछ । कसै कसैले त बिहेको कुरा पनि गर्छन् ।

– विमल