४ मंसिर २०८३, शुक्रबार

मधेसी मोर्चाको बैठक बिजुलीबजारमा बस्दै, चुनाव र संशोधनबारे धारणा आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १४ पुस । निर्वाचन र संविधान संशोनका विषयमा दलहरूका बीच चर्को बहस चलिरहेका बेला संयुक्त लोकतानित्रक मधेसी मोर्चाले सो विषयमा परामर्श गर्न बैठक बोलाएको छ ।

काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा बिहान ११ बजे बस्ने बैठकमा निर्वाचन र संविधान संशोधनका विषयमा छलफल केन्द्रित हुन सक्ने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिए ।

‘मधेसी मोर्चाले निर्वाचन र संविधान संशोधनको विषयमा आएका कुरालाई संभवत आज एउटा निर्णय दिन सक्छ’, महासचिव झाले भने, ‘मधेसी मोर्चा संविधान संशोधनबाट ब्याक हुने अवस्था छैन । संशोधन पारित भयो भने चुनावमा जाँदैनौँ भनेर हामीले कहिल्यै भनेका छैनौँ ।’

निर्वाचनका नाममा संशोधन प्रस्तावलाई ओझेलमा पार्ने षड्यन्त्र भएको हो कि भन्ने आशंका मधेसी मोर्चाका नेताहरूमा रहेको उनले बताए । संशोधन प्रस्ताव पनि अपूर्ण रहेको मधेसी मोर्चाको दाबी छ ।

लामो समयदेखि बस्न नसकेको मधेसी मोर्चाको आजको बैठकले अन्य राजनीतिक विषयहरूमा पनि छलफल गर्नेछ ।