काठमाडौं, १३ पुस । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई नहटाउन अन्तरिम आदेश दिएको छ ।
विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई असहयोग गरेको भन्दै उर्जामन्त्री जनार्दन शर्माले पुस ४ गते सञ्चालक समिति सदस्यहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई हटाएका थिए ।
उक्त निर्णयविरुद्ध परेको रिटमा बुधबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । र, सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
रिटमा छलफलका लागि दुबै पक्षलाई यही पुस १९ गते बोलाइएको छ ।
ऊर्जामन्त्री शर्माले अग्रवाल, मिश्र र लामिछानेलाई हटाएर आफ्नो पार्टी निकट भक्तबहादुर पुन, चेतराज जोशी र उमेश थानीलाई सदस्यमा नियुक्त गरेका थिए ।












प्रतिक्रिया