४ मंसिर २०८३, शुक्रबार

एमालेको प्रस्तावमा देउवा र प्रचण्ड सहमत भएपछि यस्तो आयो मधेसी मोर्चाको धारणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुुस । मधेसी मोर्चासहितको संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान संशोधनविनाको निर्वाचन आफूहरुलाई मान्य नहुने बताएका छन् ।

बुधबार विहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा एमालेको प्रस्तावअनुसार पहिला स्थानीय तहको निर्वाचन गर्ने र अबको एक हप्ताभित्र निर्वाचन मिति घोषणा गर्ने सहमति भएलगत्तै दिउँसो रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै यादवले संविधान संशोधन नगरिकन चुनाव गरे मुलुक द्धन्द्धतर्फ जाने चेतावनी दिए ।

यो पनि पढ्नुस्ः अन्ततः एमालेकै प्रस्तावमा आए देउवा, प्रचण्ड पनि सहमत

‘यदि जबरजस्ती चुनाव गरियो भने मोर्चाले त्यसलाई मान्दैन्,’ यादवले भने- ‘एक समयमा पूर्वराजा ज्ञानेन्द्रलेपनि यस्तै चेष्टा गरेका थिए, तर हालत के भयो ? समस्या राजनीति छ अनि चुनाव गराउँछु भनेर हुन्छ ?’

तर, प्रधानमन्त्री प्रचण्डले त चुनाव गराउने घोषणा गरिसकेका छन्, अब तपाईहरु के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा यादवले संशोधनविनाको कुनै पनि तहको चुनाव आफूहरुलाई मान्य नहुने बताए ।

‘संविधान संशोधन नगरिकन गरिने चुनाव हाम्रो लागि मान्य छैन, यसले मुलुकलाई थप द्धन्द्धमा लैजान्छ,’ उनले भने– ‘जनतालाई देश बचाउने बाध्यता छ, द्धन्द्धबाट बचाउने बाध्यता छ, प्रधानमन्त्रीलाई चुनाव गराउने बाध्यता ?’

उनले जबरजस्ती गरिने चुनावको मोर्चाले प्रतिकार गर्ने समेत चेतावनी दिए ।

‘संविधान संशोधनको विकल्प छैन्’

अध्यक्ष यादवले मुलुकको वर्तमान राजनीतिक गत्यावरोध फुकाउने एकमात्रै बाटो भनेको संविधान संशोधन भएको बताउँदै भने- ‘संविधान संशोधन गर्नुको विकल्प छैन, सरकारले संशोधन प्रस्ताव दर्ता गरेको छ, त्यो पनि अपूरो र अधुरो छ, प्रधानमन्त्रीले त यो प्रस्तावलाई परिमार्जन गर्छु भन्नुभएको छ, परिमार्जन भएर तीन वटै निकायको चुनाव गर्ने कुरा गर्नुभएको छ । यही नै हाम्रो माग हो ।’