४ मंसिर २०८३, शुक्रबार

घरजग्गा व्यवसायी सुधीर बस्नेत मध्यराति घरबाटै पक्राउ, भाग्न खोज्दा घाइते

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ पुस । वित्तीय संस्था र सर्वसाधारणको करोडौँ रकम हिनामिना गरेको आरोपमा घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ परेका छन् ।

धापासीस्थित आफ्नो घरमा बसिरहेको अवस्थामा प्रहरीले गएराति पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

प्रहरी आएको चाल पाएपछि बस्नेत भाग्न लाग्दा उनको हातमा सामान्य चोट लागेको छ । अदालतको फैसला कार्यान्वयनको क्रममा उनलाई पक्राउ गरिएको खनालले जानकारी दिनुभयो ।

बस्नेतमाथि काठमाडौँ जिल्ला अदालतबाट छ महिना कैद, भक्तपुर अदालतबाट दुई वर्ष कैद र करिब रु १२ लाख जरिवाना सुनाईएको छ ।

बैंक तथा वित्तीय संस्था, र सर्वसाधारणबाट अर्बाै बढी रकम हिनामिना गरेको आरोप बस्नेतमाथि छ । रासस