काठमाडौं, १३ पुस । पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरु बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठक निर्वाचनको मिति घोषणामा केन्द्रीत छ ।
संविधान संशोधनका विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरु सहभागी छन् ।












प्रतिक्रिया