बर्दिया, १३ पुस । बर्दियाको पर्सेनीमा जड्गली हात्तीको आर्कमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । सो घटना विहान ७ बजे भएको प्रहरीले बताएको छ ।
सदरमुका गुलरियाबाट करीब ४० किलोमिटर टाढा भएको सो घटनामा मृत्यु हुनेमा २६ वर्षिया विमला परियार रहेको जिल्ला प्रहरी कायालयका वर्दियाका सहायक डिउडी अफिसर गगन सनीले डीसी न्यूजलाई बताउनुभयो । गम्भीर घाइते दुई जनालाई उपाचारका लागि एम्बुलेन्स मार्फन नेपालगञ्ज तर्फ पठाइएको छ ।
ढोढरीको ओराली बजार नजिकको जंगलमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । धनगढीबाट आफन्तको घर बर्दिया आउँदै गर्दा बेलुवा र ओराली बजारको बिचमा पर्ने गमक्का बनसप्ती जंगलमा मंगलबार बेलुका चितुवाले आक्रमण गरी कञ्चनपुर बेलौरी–१ का ७० वर्षका नरबहादुर शाहीलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
मोटसाइकलमा रहेका २ जना मध्ये मोटसाइकलको पछाडी बसेका शाहीलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घाइतेको सानोश्रीतारातालको क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।
उहाँको खुट्टामा १० वटा टाँका लगाइएको छ । यसअघि गएको मंसिर २४ गते पनि त्यही ठाउँमा चितुवाले आक्रमण गर्दा ३ जना घाइते भएका थिए ।












प्रतिक्रिया