२ कार्तिक २०८३, सोमबार

मायामा परे एनआरएन क्यानडाका भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यानडा । लामो समयदेखि क्यानडामा बस्दै आइरहेका गायक पदम भट्टराईले आफ्नो आवाज र संगीतमा रहेको “कोहीँ त होला” बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा राजुबाबु श्रेष्ठको शब्द रहेको छ । हालै सार्वजनिक गरिएको भिडियोमा गायक भट्टराई र मोडल कुसुम बस्नेत फिचरिङ छन् । भिडियोमा देख्न सकिन्छ कि कुसुमलाई पदम भित्र भित्रै मनपराउँछन् र कुसुमले पनि पदमलाई मनपराएको संकेत गर्छिन ।

तर, अन्तिममा कुसुमले आफ्नो प्रेमी सार्वजनिक गर्दा पदम छागाँको खसे झै हुन्छन् । गीतको भिडियोले यही कथा पेश गरेको छ । भिडियोलाई हरी सिवाकोटीले खिचेका हुन् । उनको छायाँकन पक्ष लोभलाग्दो देखिएको छ ।

टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो डि एण्ड डि क्रियशनको निर्देशनमा तयार भएको हो । नेपालको चितवनमा जन्मिएका गायक भट्टराईलाई सानैदेखी गायक बन्ने ठूलो सोच थियो ।

देशबाहिर रहेपनि गायक्षेत्रमा सक्रिय भट्टराईले यसअघि चितवनकी कान्छी, यि ओठ तिम्रा लगायतका गीतहरुमा आफ्नो आवाज दिइसकेका छन् ।

गायक भट्टराईलाई चितवनकी कान्छी बोलको गीतले गायनक्षेत्रमा परिचित गराएको थियो । आगामी एनआरएन क्यानडाको नेतृत्व सम्हाल्न लागेका भट्टराई निरन्तर रुपमा गायनक्षेत्रमा लाग्ने बताउँछन् ।