१९ कार्तिक २०८३, बिहिबार

गौ हत्याप्रति राप्रपा कपिलवस्तुको घोर आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, १३ पुस । कैलालीमा भएको गौ हत्याप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले घोर भर्त्सना गरेको छ । धार्मिक स्थल कैलालीको गोदावरी वनमा केही दिनअघि १ सय २० वटा गाईगोरु मृत अवस्थामा भेटिएका थिए । हिन्दू धर्ममा लक्ष्मीको रुपमा मानिने गाईलाई यसरी हत्या गर्नु धर्ममाथिको प्रहार भएको भन्दै घटनाप्रति कडा आपत्ति प्रकट गरेको हो ।

कपिलवस्तुको चन्द्रौटामा पत्रकार सम्मेलन गरी प्रशासनले कारवाही नगरे राप्रपा सशक्त विरोधसहित आन्दोलनमा उत्रने गर्ने जानकारी गराएको थियो । नेपालको राष्ट्रिय जनावरको हत्या गर्ने अपराधीलाई कानुनी दायरामा ल्याउनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवं युवानेता अजय थापाले जाडदार माग गर्नुभयो । यो घटना हुनु भनेको हिन्दू सम्प्रदायमाथि प्रहार गरेको समेत थापाले आपत्ति जनाउनुभयो ।

हिन्दु राष्ट्र माग गर्दै आएको पार्टीलाई यो घटना असह्य रहेको पत्रकार सम्मेलनमा राप्रपा नेताहरुले बताएका थिए । घटनालाई सत्यतथ्य छानबीनका लागि मंगलबार हिन्दुबादी संगठनहरु मध्यपश्चिम क्षेत्रमा आमहडताल गरेको जानकारी गराउँदै यस विषयमा सरकार गम्भीर नभए नेपाल नै वन्द गर्ने राप्रपा शिवराज नगर अध्यक्ष रामबहादुर रायमाझीले चेतावनी दिनुभयो । ८२ प्रतिशत हिन्दूहरु रहेको देशमा हिन्दू राष्ट्र कायम नगरेकाले यस्तो घटना घटेको राप्रपा कपिलवस्तु क्षेत्र न ४ का क्षेत्रीय उपाध्यक्ष चुरामणी तिवारीले आरोप लगाउनुभयो ।

यता नेपाल मुक्ति मञ्च कपिलवस्तुले समेत कैलालीमा भएको गौ हत्याको घोर आपत्ति प्रकट गरेको छ । मुक्तिमञ्चका जिल्ला सचिव प्रेमशंकर शुक्लाले एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारले तत्काल घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । कञ्चनपुरको बेदकोट नगरपालिकाले छाडा गाईगोरु व्यवस्थापन गर्ने भन्दै ती गाईगोरुलाई गोदावरी पुव्याएको स्वीकार गरेको छ ।