१ कार्तिक २०८३, आइतबार

प्रथम महिला पाइलटले किन दिइन् शरणार्थी शिविरमा बस्न आवेदन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क, १३ पुस । अफगानस्तान एयर फोर्सकी प्रथम महिला पाइलटले अमेरिकामा शरणार्थीको रुपमा बसोबास गर्न आवेदन दिएका छिन् ।

न वर्ष अगाडि अफगानी एयर फोर्समा पाइलटको रुपमा प्रवेश गरेकी निलुफार रहमानीले अफगानस्तानमा आफ्नो जीवन सुरक्षित नभएको भन्दै अमेरिकामा शरणार्थी हुनका लागि आवेदन दिएकी हुन् ।

तीन वर्ष अगाडि उनी एयरफोर्समा जोडिँदा अफगानस्तानमा महिला सशक्तिकरणको नमुना बनेकी थिइन् । उनको यो चर्चा र उदाहरण उनकै जीवनका लागि घातक बनेको जनाइएको छ । उनलाई त्यहाँ अनेकौँ चेतावनी दिइएको छ ।

उनका कानुनी सल्लाहकार किम्वरली मोट्ली ले भनेका छन्, ‘रहमानीले त्यहाँका विद्रोही समूह तथा सरकारी अधिकारीबाट अनेकौँ धम्की बेहोरिरहेकी छन्, यदि उनी अफगानस्थान फर्किइन भने उनको ज्यान जोखिममा रहने छ ।’

रहमानी २५ वर्षको उमेरमा देशकै पहिलो महिला पाइलटको रुपमा सन २०१३ मा नियुक्ति भएकी थिइन् । ‘म सँधै पाइलट हुन चाहन्छु’, उनले भनेकी छन्, ‘पाइलट हुनु मेरो बुवाको सपना थियो ।’

रहमानीका लागि उनको लक्ष्य नै बुबाको सपना पुरा गरी उनी प्रति सम्मान दिनु रहेको सीएनएनले जनाएको थियो । ‘मेरो काम विश्वलाई एउटा शन्देश दिन थियो, अफगानस्तानमा केटीले पनि केटाले गर्ने काम गर्न सक्छन् ।’

यता अफगानी जनरल मोहम्मद राडमानीसले निवेदन अस्वीकृत गर्न अमेरिकालाई आग्रह गरेका छन् । रहमानीले असुरक्षित भएको भन्दै गलत विवरण दिएको उनले बताएका छन् । जनरल महोम्मदले भने, ‘उनले निवेदन स्वीकृत गराउनका लागि झुटो वयान दिएकी छन् ।’ – एजेन्सी