४ मंसिर २०८३, शुक्रबार

सरकार र मधेसी मोर्चाको बैठकमा यसरी आयो प्रमुख प्रतिपक्षी एमालेको कुरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । सरकार र मधेसी मोर्चाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको चर्चा भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न बसेको कांग्रेस, माओवादी केन्द्र र मधेसवादी दलका शीर्ष नेताको बैठकमा संविधान संशोधन प्रस्तावको विरोधमा सदन र सडक आन्दोलन गरिरहेको एमालेको भुमिकाको चर्चा भएको हो ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा संसद अवरोध गरेपनि एमाले प्रमुख प्रतिपक्षी दल हो भन्दै एमालेलाई छाडेर जान सकिन्न् भन्ने निष्कर्ष निकालिएको छ । साथै संविधान संशोधन र निर्वाचनबारे एमालेसँग छलफल गर्ने समझदारी पनि भएको छ ।

‘एमालेले सदनको अवरोध गरेपनि उ प्रमुख विपक्षी दल हो । उसलाई छाडेर जान सकिन्न्,’ श्रेष्ठले भने– ‘एमालेसँग पनि छलफल गर्नुपर्छ संशोधन र निर्वाचनबारे । मधेसी मोर्चासँग सकारात्मक छलफल भएको छ । निर्वाचनमा र संशोधनको विषयमा कोही पनि असहमति छैन् ।’

नेता श्रेष्ठले सहमतिका लागि एमाले र मोर्चासँग छलफल र सम्वादलाई निरन्तरता दिइने बताए । ‘एक दुई दिन अझै छलफल हुन्छ,’ उनले भने- ‘अबको एक हप्ताभित्र सहमति खोज्नुपर्छ । होइन भने ७४ माघभित्र चुनाव गर्न गाह्रो हुन्छ ।’