
काठमाडौँ, १२ पुस । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति पार्टीसँग पार्टी एकता गर्ने अभिव्यक्तिले नयाँ तरंग ल्याइदिएको छ ।
खासगरि, माओवादी केन्द्रका नेताहरु र आफैले बनाएको पार्टी छाडेर वैकल्पिक शक्तिको रुपमा नयाँ शक्ति पार्टी स्थापना गरेका नेताहरुमा यसले नयाँ बहस सिर्जना गरिदिएको छ । प्रधानमन्त्री प्रचण्डले बाबुराम भट्टराई र आफू मिल्नुपर्ने अभिव्यक्ति दिए लगत्तै नयाँ शक्तिका नेता देवेन्द्र पराजुलीले त्यसको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रचण्डले नयाँ शक्ति र माओवादी केन्द्र मिल्ने कुरा गर्नुमा तीनवटा कारण उल्लेख गरेका छन् । कसै (प्रचण्ड)का लागि नयाँ शक्तिको विस्तार रोक्ने नयाँ जुक्ति र कार्यकर्ता अल्मल्याउने प्रयत्न हुन सक्ने बताउँदै उनले आफ्ना लागि भने नयाँ चुटकिला भएको बताएका छन् । उनले माओवादी केन्द्र र नयाँ शक्ति मिल्नै नसक्ने आशय व्यक्त गरेका छन् ।
यस्तो छ पराजुलीको प्रतिक्रियाः

प्रधानमन्त्री प्रचण्डले मंगलबार राजधानीमा आयोजित एउटा कार्यक्रममा बाबुरामको माओवादी केन्द्रमा आवश्यकता रहेको भन्दै माओवादीमै फर्कन भनेका थिए ।












प्रतिक्रिया