१९ कार्तिक २०८३, बिहिबार

प्रदेश टुक्राउने निर्णयविरुद्ध विद्यार्थीहरु पढाइ छाडेर सडकमा उत्रिए (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा (कपिलवस्तु), १२ पुस । प्रदेश विभाजन प्रस्तावको विरोध गर्दै कपिलवस्तुमा विद्यार्थीहरु मंगलबार सडकमा उत्रिए । प्रदेश नम्बर ५बाट पहाडी जिल्ला टुक्राउन पाइँदैन भन्दै नाराजुलुस सहित विभिन्न विद्यालयका विद्यार्थीहरुले जिल्लाको चन्द्रौटामा विशाल र्याली निकालेका हुन् । चन्द्रौटा, खरेन्द्रपुर, शिवपुर, सुन्दरीडाँडा लगायत विद्यालयबाट ठूलो संख्यामा चन्द्रौटामा जम्मा भएका विद्यार्थीहरु एकैसाथ नारा लगाउँदै सडकमा देखा परेका थिए ।

विद्यार्थीहरुको र्याली चन्द्रौटा वजार परिक्रमा गरी चन्द्रौटा चोकमा कोणसभा गरेका थिए । कोणसभामा सहभागी विद्यार्थीहरुले संशोधन प्रस्ताव फिर्ता लिनुपर्नेमा जोड दिएका थिए । कोण सभामा बोल्दै विद्यार्थी दिपक अनुरागीले सरकारले राष्ट्रघाती काम गरेको आरोप लगाउनुभयो । जनताको चाहना विपरीतको कार्यलाई विद्यार्थीले कदापी स्वीकार नगर्ने अनुरागीले चेतावनी दिनुभयो । यस्तै विद्यार्थी अराजसिंह बेल्बासेले विद्यार्थीलाई पनि राष्ट्रको माया भएकाले देश टुक्राएको विरोधमा आफूहरु सडकमा उत्रिएको बताउनुभयो । सरकारले सुनुवाई नगरेमा आफूहरु पढाइ छोडेर पनि सडकमा उत्रिने उहाँले बताउनुभयो ।

कोणसभामा अर्का विद्यार्थी अशोक पोख्रेलले आन्दोलनमा राजनीतिक सवाल नभई आफुहरु एक स्वतन्त्र विद्यार्थीहरु भएकाले प्रदेश टुक्राएको चित्त नबुझ्दा सडकमा उत्रिएको बताउनुभयो । र्यालीमा तिलक कुमाल, मार्सल आचार्य, सोनिया केसी, एमुना बलामी, बिशाल शर्मा, संगिता भुसाल लगायतले आ आफ्नो विद्यालयको नेतृत्व गर्दै विद्यार्थीलाई सडकमा उतारेका थिए ।