
– नरेश केसी
महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धारा भैरहवा विविधतामा एकता भएको सीमावर्ति शहर हो । औद्योगिक व्यापारीक दृष्टिले नेपालकै अब्बल शहरको रुपमा स्थापीत भैरहवाको विविधतालाई एउटै मालामा बाधीं अझै व्यवस्थीत र सुन्दर बनाउने ध्ययेले एउटै रंगका झण्डा र घरमा रंग प्रयोग गर्नेगरी मंगलबारदेखी अभियान नै थालनी भएको छ ।
समाजिक कार्यमा अग्रसर रहने भैरहवा मर्निङ्गवाक गुप्रल सो अभियानको थालनी गरेको छ । ग्रुपले थालनी गरेको अभियानमा सिद्धार्थनगर नगरपालिकाले नीतिगत पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएसंगै अबको केही महिना भित्र भैरहवाका सबै आवसीय भवनहरु एउटै रंगका हुनेछन् ।
शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर नपा (भैरहवा) रहेपनि प्रवेशद्धारमा बौद्धात्मक झल्किने कुनै क्रियाकलाप नभएको कारण ग्रुपले शहरको प्रत्येक घरघरमा बुद्धको झण्डा लगाउने अभियानको थालनी गरेको अभियानको शुरुवात गदैै ग्रुपका उपाध्यक्ष तथा कार्यक्रम संयोजक ओमकार गौचनले जनाएका छन् ।
बुद्ध झण्डा शान्तिको प्रतिक रहेको र सो झण्डा शहरको प्रत्येक घरघरमा राखिएमा जन्मस्थानको प्रवेशद्धार सिद्धार्थनगरमा बौदात्मक प्रतिक झल्किने तथा पर्यटनको विकासमा पनि थप टेवा पुग्ने उद्देश्यले अभियानको थालनी गरिएको भैरहवा मर्निङ्गवाक गुप्रका अध्यक्ष वियज सागरले बताए ।
उनले सिद्धार्थनगर नगरपालिकाले अब नगरमा निर्माण हुने सम्पुर्ण घरमा पहलो रंग लगाउनु पर्ने निर्णय गरेपश्चात आफुहरुले पनि होस्टेमा हैसे गर्दै गरमा बौद्धात्मक झल्किने गरी घरघरमा झण्डा लगाउने अभियान सुरु गरेको बताए । पहलो रंग अर्थात बुद्धको छालाको रंगलाई जनाउँने गर्दछ ।
५ वटा निलो, पहलो, रातो, सेतो र कलेजी रंगको मिश्रित रंगले बौद्धको झण्डा बनाइएको हुन्छ । उक्त ५ वटा रंगमध्ये निलो भन्नाले बुद्धको कपाल, पहलो रंग भन्नाले बुद्धको छाला, रातो बुद्धको रगत, सेतो बुद्धको दाँत र कलेजी बुद्धको कलजोलाई जनाउने गरी प्रतिकात्मक झण्डा शुरुवाती चरणमा भैरहवाको मुख्य बजार बैंकरोडमा राखीएको अध्यक्ष सागरले जनाए ।
सो अवसरमा उक्त बुद्ध झण्डाको वितरण अभियान शुरुवात गर्दै कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थ नगर पालिकाका कार्यकारी प्रमुख गोपाल प्रसाद रेग्मीले संसारमै बुद्धजन्मस्थल भनेर परिचीत भैरहवाको महत्व अझै झल्काउनेगरी बुद्धको ध्वजाले प्रतित गर्ने विश्वास व्यक्त गरे । प्रमुख रेग्मीले भने ‘बुद्धले लगाएको बस्त्र वा बुद्धको छालाको संकेत दिने पहेलो रंगको प्रयोग यहांका हरेक घरमा गरिनाले एकातिर शहरको सौन्दयर्ता बढ्छ भने अर्कोतिर बुद्धको प्रतिको सम्मान र विश्वास अजर अमर भइरहन्छ । ’

सो अवसरमा प्रा.डा. कपिलदेव लामिछाने, बनमाली निराकार, सिद्धार्थ यातयातका अध्यक्ष सुर्यकुमार सारुमगर, सिद्धाथ उद्योग वाािण्ज्य संघका कार्यबाहक अध्यक्ष डा. शान्त कुमार शर्मा, उद्योग व्यापार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक बालकृष्ण भट्टाराई, लुम्बिनी बौद्ध विश्वविद्यालयका पुर्व सिनेटर नारयण प्रसाद अग्रवाल, सिद्धार्थ होटल एशोसियसन सानका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, नमूना एकिकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौड्याल, बैदीक सनातन धर्म सेवा समितीका अध्यक्ष जानुका भट्टराई, थकाली सेवा समाजका सचिव ईं सुवोध तुलाचन, नेपाल बौद्ध महासंघका क्या. इन्द्र बहादुर गुरुंग लगायतले मन्तब्य राख्दै भैरहवा शहरलाई बुद्धको शहरको रुपमा स्थापीत गर्न बुद्धको झण्डा र रंगलाई प्रयोगमा ल्याउने सन्दर्भ महत्वप’र्ण भएको जनाउदैं सो अभियानमा आफुहरुको पुर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
भैरहवा क्षेत्रका विभिन्न समामाजिक संघसंस्थाका प्रम’ख तथा प्रतिनिधी र नागरिक समाजका अगुवाहरुको उपस्थिीति रहेको उक्त कार्यक्रम पश्चात बैंकरोडका घर पसलहरुमा बुद्धको झण्डा राखीएको थियो ।
बुद्धझण्डाको रंगको महत्व
बुद्धको झण्डमा ५ रंग हुने गर्दछ । चारकुने उक्त झण्डामा निलो, पहेलो, रातो, सेतो र कलेजी रंग हुने गर्दछ । इतिहासबीद विजय सागरका अनुसार सन् १८८५ मा अमेरिकाका हेनरी इस्वीवालले उक्त झण्डा तयार गरेका हुन् । सो झण्डामा प्रयोग भएको निलो रंगले बुद्धको कपाल, पहेलोले बुद्धको छाला, रातोले बुद्धको रगत, सेतोले बुद्धको दांत र कलेजी रंगले बुद्धको कलेजोलाई संकेत गर्ने तर्क गरे ।
इतिहांस वीद सागरले सत्ययुगमा बुद्ध विपस्वी र शिखी बुद्धको रुपमा, त्रेतायुगमा बिसरु र कक्रुछन्द , द्धापर युगमा कनकमणी र कास्यप बुद्धको रुपमा आएको र अहिले कलियुगममा शाक्यमुनि बुद्धको रुपमा बुद्धको अवतार भएको समेत दाबी गरे ।














प्रतिक्रिया