काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मुलुकको समृद्धिका लागि विदेशीएका नेपालीहरुबाट आर्थिक सहयोगको मात्र अपेक्षा गर्नु निरर्थक हुने धारणा राख्नु भएको छ ।
नेपाली जनसम्पर्क समिति स्विडेनको विस्तारित भेलालाई स्टकहोममा सम्बोधन गर्दै केन्द्रीय सदस्य पौडेलले जनसम्पर्क समिति, एन आर एन जस्ता संस्थाहरुमा आबद्ध विज्ञहरुको सीप, ज्ञान र सद्विचारलाई कार्यान्वयन गर्नुपर्ने बेला आएको बताउनुभयो ।
समृद्ध नेपालको सपनालाई साकार रुप दिन स्वदेशमा बसेका सँगसगै विदेशीएका नेपालीहरुको पनि ठूलो दायित्व भएकाले राज्यले उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिनुपर्ने भनाइ नेता पौडेलको थियो ।
नेपाली कांग्रेसलाई शशक्त तथा जुझारु संगठन बनाउन जनसम्पर्क समितिहरुको भूमिका महत्वपूर्ण रहेको पनि पौडेलले बताउनुभयो । पार्टीमा जनसम्पर्क समितिहरुको बृहत्तर भूमिकाका लागि पार्टी नेतृत्वलाई खबरदारी गरिरहने प्रतिबद्धता पौडेलले जनाउनुभयो ।
जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपाली कांग्रेस नेतृत्वको सरकारले मात्र मुलुकलाई जस्तो सुकै समस्याको निकास दिन सक्ने बताउनुभयो ।
जनसम्पर्क समिति स्विडेनका अध्यक्ष नविन थपलियाले माउ पार्टी नेपाली कांग्रेसलाई शशक्त बनाउन आफूहरु जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभयो ।













प्रतिक्रिया