१९ कार्तिक २०८३, बिहिबार

३० लाख भारु लुटपाट प्रकरणः पाँचजना विरुद्ध मुद्दा, राजकुमारको भारु कारोबार पनि अबैध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– गणेश आचार्य

तुलसीपुर, १२ पुस । प्रहरीको टाउको दुखाइको बिषय बनेको ३० लाख भारतीय रुपैंया लुटपाट प्रकरणका आरोपीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरले मुद्दा चलाएको छ ।

प्रहरीले दुई महिनाकासम्म अनुसन्धानगरी तुलसीपुरस्थित बुटवल बस्त्रालयका प्रोप्राइटर राजकुमार श्रेष्ठको ३० लाख भारु रुपैंया लुटेको आरोपमा तुलसीपुर १९ कटाहका खुमबहादुर खुमबहादुर केसी(३४), तुलसीपुर २० बेलगनारीका हस्तवीर चौधरी(३७), तुलसीपुर १४ चैलाहीका लिलाधर खड्का(३२), सिन्वाङ् ४ सल्यान घर भई हाल तुलसीपुर ११ अश्वारा बस्ने भुपेन्द्र भण्डारी(२७) र पुरान्धारा २ दाङ घरभई तुलसीपुर ५मा बस्दै आएका गजराज बालन(३०)लाई संगठित अपराध ऐन अन्तरगत दाङ देउखुरी जिल्ला अदालतमा सोमबार मुद्दा दाएर गरेको हो ।

नेपालको प्रचलित कानुन अनुसार २५ हजार भन्दा बढी बिदेशी मुद्राको कारोबार अनुमती बिना गर्न पाइदैन् । २५ हजार भन्दा बढी बिदेशी मुद्राको कारोबर गर्न नेपाल राष्ट्र बैंकबाट अनुमती लिनुपर्छ । तर,राजकुमारले राष्ट्र बैंकबाट उक्त अनुमती लिएका छैनन् ।

इप्रका तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाका अनुसार भारु ३० लाख रुपैंया लुटेको आरोपीलाई अदालतले दोषी ठहर गरेमा उनिहरुलाई बिगो सहतिको जरीवानाका साथै ७ देखी १० बर्षसम्म जेल सजाय हुनसक्छ । बुटवल बस्त्रालयका प्रोप्राइटर श्रेष्ठले पसलका कामदार दुर्गाबहादुर लामीछानेलाई कात्तिक १० गते बिहान करिब साढे ५ बजेतिर ३० लाख भारु दिएर बुटवल साट्न पठाएका थिए । सोही पैसा साट्न बुटवल जान तुलसीपुरको नयाँबसपार्कमा गाडी चढ्न जाँदैगर्दा अज्ञात समूहले लामीछानेको आँखामा खुर्सानीको धुला हालेर लुटेर लगेको थियो । एकाबिहानै ३० लाख भारु लुटीएपछी प्रहरीले उक्त लुटपाटको घटनालाई गम्भीर रुपमा लिएर शंकास्पद व्यत्तिलाइ नियन्त्रणमा लिइ अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले राजकुमारको ३० लाख भारु साटही गर्न भरीयाको रुपमा प्रयोग भएका दुर्गाबहादुर लामीछाने,लुटपाटमा संलग्न आशंका गरिएका हस्तवीर चौधरी र लिलाधर खड्कालाई नियन्त्रणमा लिइ सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाएर हिरासतमा राखी अनुसन्धान थालेको थियो । लामीछाने र खड्का जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर थुनामुक्त भएका थिए । जिल्ला प्रशासनले धरौटीमा रिहा गरेपनि खड्कालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको थियो । हस्तवीर चौधरी जिल्ला प्रशसनमा ६ हजार रुपैंया धरौटी नराखेकाले कारागार चलान भएका छन् । उक्त लुटपाटको घटनामा संलग्न भएको दावी सहित प्रहरीबाट मुद्दा चलाइएका खुमबहादु,गजराज र भुपेन्द्र भने फरार छन् । प्रहरीले उनिहरुको खोजी गरिरकेको छ ।

दुई महिनासम्मको लामो अनुसन्धानपछी प्रहरीले पैसाका मालिक राजकुमारलाई पाँच जनाका नाममा किटानी जाहेरी हाल्न लगाएको थियो । राजकुमारले ३०आफ्नो ३० लाख भारु खुमबहादुर, गजराज, हस्तवीर, भुपेन्द्र र लिलाधरले लुटपाट गरेको किटानी जाहेरी दिएपछी उनिहरु विरुद्ध अदालतमा मुद्दा चलाएको हो । प्रहरीले मंसिर २४ गते आरोपी खुमबहादुरको घरमा छापामारी ७५ हजार रुपैंया र ८ लाखको बाउन्स चेक बरामद गरेको थियो । प्रहरीले खुमबहादुरले प्रयोग गरेको अनटेष्ट स्कुटी,गजराजले भोगचलन गर्दै आएको स्काभेटर,हस्तवीरको मोटरसाइकल र भुपेन्द्रको ट्याक्टर समेत नियन्त्रणमा लिएको छ ।

कसले के दिए बयान ?

प्रहरी स्रोतका अनुसार लिलाधर खड्काले तुलसीपुर २० बेलगनारीका हस्तविर चौधरीले करिब ५ महिना अगाडी फोन गरेर दुर्गा लामीछानेको बारेमा निकै चासोका साथ सोधेको बयान दिएका थिए । प्रहरीले कल डिटियल हेर्दा भारु १० लाख लुटीएकै बिहान करिब ४ः३० बजे लिलाधर र हस्तवीर बिच मोबाइलमा कुरा भएको पायो । खड्काकै बयान र कल डिटिएल अनुसार प्रहरीले हस्तविरलाइ फ्लो ग¥यो । लिलाधर पक्राऊ परेपछी दाङ छोडेका हस्तवीरले सुरुमा प्रहरीलाई आफू बिरामी भएर उपचारका लागि बाहिर गएको बताए । तर,प्रहरीले उनलाई बर्दिया बाट नियन्त्रणमा लियो । प्रहरीको नियन्त्रणमा परेपछी हस्तवीरले दुर्गा लामिछानेको साथबाट आफूहरुको योजनामा लुटिएको बयान दिएका छन् । उच्च प्रहरी स्रोतका अनुसार राप्ती अञ्चल सार्वजनिक यातायात समितीका कर्मचारी रहेका हस्तवीरले प्रहरी समक्ष भनेका छन् ,“म किया काउन्टरको भित्र बसेर बाहिर हेरिरहेको थिँए । दुर्गा लामिछाने आएको देख्ने बित्तिकै खुमबहादुर केसीलाई खबर गरेँ । अनि खुम,गजराज बालान क्षेत्री र भुपेन्द्र भण्डारी आएर दुर्गाको साथमा रहेको पैसाको झोला खोसेर लगेका हुन् ।”

१० लाखको हल्ला, ३० लाखको मुद्दा

आफ्ना कामदारबाट भारु पैसा लुटीपछी राजकुमारले १० लाख भारु लुटीएको हल्ला गरे । राजकुमार र प्रहरीलाई हवालाल दिंदै सञ्चार माध्यमले भारु १० लाख रुपैंया लुटिएको समाचार प्रकाशन÷प्रशारण गरे । तर,त्यो अहिले गलत साबित भएको छ । राजकुमार र प्रहरी दुवैले सञ्चार माध्यमलाई गलत सूचना दिएको पुष्टि त्यतिबेला भयो,जतिबेला ३० लाख भारु लुटीएको आरोपमा पाँचजनालाई मुद्दा चलाइयो । उच्च प्रहरी स्रोतका अनुसार राजकुमारले ३० लाख भारु भन्दा आफ्नो सामाजिक प्रतिष्ठामा आँच आउने र नाता कुटुम्बमा आफ्नो बारेमा नराम्रो सन्देश जाने भएकाले १० लाख भारु भनेपनि लिखित उजुरीमा भने ३० लाख नै लेखेका थिए । प्रहरीले राजकुमारले भनेजति ३० भारु लुटपाट गरिएको आरोपमा पाँचजना विरुद्ध संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाएको छ ।

भारु ३० लाखको करोबार नै अबैध

नेपालको प्रचलित कानुन अनुसार २५ हजार भन्दा बढी बिदेशी मुद्राको कारोबार अनुमती बिना गर्न पाइदैन् । २५ हजार भन्दा बढी बिदेशी मुद्राको कारोबर गर्न नेपाल राष्ट्र बैंकबाट अनुमती लिनुपर्छ । तर,राजकुमारले राष्ट्र बैंकबाट उक्त अनुमती लिएका छैनन् । अधिवक्ता प्रदिप धितालका अनसार नेपाल राष्ट्र बैंक बाट बिदेशी मुद्राको कारोबार गर्ने अनुमती नलिएर ३० लाख भारुको कारोबार गर्नुृ अबैध हो । अधिवक्ता धितालका अनुसार २५ हजार भन्दा बढी बिदेशी मुद्रा राख्न पाइदैन । राखेको पाइएमा बिगो सहितको जरीवानाका साथै बैदेशीक मुद्रा अपचलन गरेको आरोपमा केही समय जेल सजाए समेत हुनेगर्छ ।

अबैध ३० लाख भारुको कारोबारमा के भन्छ प्रहरी ?

नेपाल राष्ट्र बैंकको अनुमती बिना राजकुमारले ३० लाख भारुको कारोबार गर्नु अबैध नै हो भन्नेमा प्रहरी पनि सहमत छ । लुटपाटको घटनाको अनुसन्धानपछी अबधै भारु ३० लाखको बारेमा पनि गहिरो छानविनगरी दोषीमाथी कार्वाही हुने इप्रका तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले बताए ।