१९ कार्तिक २०८३, बिहिबार

समाजवादी फोरमको अध्यक्षमा यादव निर्वाचित

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १२ पुस । सङ्घीय समाजवादी फोरम नेपाल मोरङको अध्यक्षमा राजकुमार यादव निर्वाचित हुनुभएको छ ।

विराटनगरमा सोमबार साँझ सम्पन्न भएको प्रथम एकता अधिवेशनबाट यादवले ४४० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी प्रमोद शर्माले ७१ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक पर्शुराम बस्नेतले जानकारी गराउनुभयो ।

निर्वाचित अध्यक्षले सचिव, सहसचिव र कोषाध्यक्षसमेत गरी ५१ जनालाई मनोनीत गर्ने व्यवस्था छ । पार्टीको विधानअनुसार कार्यसमिति ९१ सदस्यीय हुने सो पार्टीले जनाएको छ ।

मधेसी जनअधिकार फोरम, सङ्घीय समाजवादी पार्टी र खस क्षेत्री एकता समाज पार्टीबीच एकता भएर सङ्घीय समाजवादी फोरम नेपाल पार्टी गठन भएपछि यादव मोरङको कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो । रासस