४ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्रीले बोलाए तीन राजनीतिक शक्तिको बैठक, एमालेलाई पनि हुने गरेर प्रस्ताव ल्याउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । प्रमुख विपक्षी दल एमालेसहतिका नौँ दलहरूले संविधान संशोधनको प्रस्तावलाई सदन प्रदेश गर्न नदिएपछि संकटमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले तीन राजनीतिक शक्तिको बैठक आह्वान गरेका छन् ।

आफ्नै सरकारी निवास बालुवाटारमा अपरान्ह तीन बजे बस्ने कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको शीर्ष नेताहरूको बैठकमा संशोधन प्रस्ताव र विपक्षी दलहरूको अडानका विषयमा छलफल हुनेछ ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले मधेसी मोर्चालाई प्याकेजमा सहमत गराउन नयाँ प्रस्ताव गर्ने बुझिएको छ । दाहालले मधेसी मोर्चालाई स्थानीय निकायको चुनावमा आउन मनाउने प्रस्ताव गर्ने स्रोतको दाबी छ ।

मधेसी मोर्चा स्थानीय निकायको चुनावमा जान तयार हुने हो भने एमालेसहितका दलहरू पनि संशोधनमा केही लचक बन्न सक्ने माओवादी केन्द्र निकट एक नेताको दाबी छ ।

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउने प्रस्तावसहित संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि एमालेसहितका नौँ दलहरू सडक र सदनमा आन्दोलन गर्दै आएका छन् ।

एमालेसहितको विपक्षी गठबन्धनमा २ सय ३ सांसदको संख्या पुगेको छ । यो संख्या संविधान संशोधनका लागि बाधक संख्या मानिन्छ ।