३ कार्तिक २०८३, मंगलबार

नेपाल बङ्गलादेश बैंकको ३७ औं शाखा कञ्चनपुरको झलारीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा कञ्चनपुर जिल्लाको झलारी पिपलाडी न.पा. वडा नं. १० मा आफ्नो ३७ औं शाखा संचालनमा ल्याएको छ ।

उक्त शाखाको औपचारिक समुद्घाटन बैंकका संचालक माधवप्रसाद न्यौपानेको सभापतित्व तथा बैंकका नायब महाप्रबन्धक सुरेन्द्र भुषण श्रेष्ठको उपस्थितिमा प्रमुख अतिथी बैंकका संचालक दीपक कार्कीद्वारा गरिएको थियो । साथै कार्यक्रममा बैंकको एटीएमको उद्घाटन झलारी—पिपलडाँडी न.पा. का प्रमुख कार्यकारी अधिकृत रघुनाथ अवस्थीद्धारा गरिएको थियो ।

साथै कार्यक्रममा झलारी शाखाप्रमुख तर्क बहादुर साउदले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । झलारी शाखा सहित बैंकले ३७ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ३६ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

बैंक को आ.व. २०७३–७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९.६० अर्ब, कुल कर्जा ३४.२७ अर्ब रहेको जनाएको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा रु.२२.५० करोड रहेको छ ।