४ मंसिर २०८३, शुक्रबार

संसद भवनमा ७ दलको बैठकः राप्रपाले अघि सार्यो तीन नयाँ प्रस्ताव

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । सभामुख ओनसरी घर्तीले बोलाएको ७ दलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन वटा प्रस्ताव अघि सारेको छ ।

नयाँबानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा राप्रपाले आन्दोलनरत दलहरु (मधेसवादी)को समस्या सम्बोधन गर्न एउटा संयन्त्र बनाउन प्रस्ताव गरेको हो ।

‘आन्दोलनरत दलहरुको समस्या सम्बोधन गर्न एउटा संयन्त्र बनाउन हामीले प्रस्ताव गरेका छौं,’ राप्रपा मुख्य सचेतक दिलनाथ गिरीले भने- ‘त्यसैगरी सदनको गतिरोध हटाउन आग्रह गरेका छौं र चाँडो भन्दा चाँडो स्थानीय निकायको निर्वाचन गर्न माग गरेका छौं ।’

बैठकमा राप्रपाले संविधान संशोधनलाई स्थगित गरेर चुनावमा जानुपर्नेमा जोड समेत दिएको थियो ।