१९ कार्तिक २०८३, बिहिबार

रुकुमको पश्चिमी गाविसहरुमा असिना पानीले अन्नबालीमा क्षति

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, ११ पुस । आईतबार राती परेको असिना पानीले रुकुमको पश्चिम घेत्मा, आठविसडाँडागाउँ, आठबिसकोट लगायत जाजरकोट जिल्लाका केही गाविसका किसानहरुको अन्नबालीमा ठुलो क्षति पुर्याएको छ ।

स्थानीय बासिन्दाले बताए अनुसार करिब ५–६ घण्टा जति लगातार परेको असिना पानीले खेत तथा पाखो बारीमा लगाएको अन्नबाली गहँु, तोरी र अन्य मौसमी तथा नगदेबालीमा ठूलो नोक्सान पुर्याएको छ ।

हिंउदेबालीका लागि आकाशे पानीको भर पर्ने गरेका त्यस क्षेत्रका स्थानीयबासी गएरातीको असिना पानीले अन्न तथा नगदेबालीमा पु¥याएको क्षतिका कारण भने निकै चिन्तित बनेका छन् ।

भौगोलिक रुपमा विकट मानिने त्यस क्षेत्रका गाविसहरुका बासिन्दाको आय स्रोत नै खेतबारीको अन्न तथा नगदेबाली मानिन्छ । तर यस पटकको असिना पानीका कारण अन्न र नगदेबालीमा पर्न गएको क्षतिका कारण अब यो वर्ष गाउँघरमा भोकमरी पर्न सक्ने अनुमान धेरैजसो स्थानीयले गरेका छन् ।

विशेष गरेर हिँउदे बालीको रुपमा गहुँ लगाउने त्यस क्षेत्रका बासिन्दाले गहुँसगै तोरीको समेत खेती गर्ने गर्दछन् । कतिपय किसानहरुले भने गहुँको सट्टा तोरीको मात्रै खेती गर्ने गर्दछन् । तर फलिसकेको तोरी पुर्ण रुपमा नष्ट हुँदा खेतबारीमा गहुँ नलगाएका किसानहरु अब के खाने भनेर झन् चिन्तामा परेका छन् ।

तोरीको खेती गर्ने प्रायः किसानहरुले तोरी बेचेरै चामल तथा गहुँ किनेर परिवारको सबै समस्या हल गर्ने गर्दछन् । तर खेत–पाखोमा लगाएकोे तोरी पुर्ण रुपमा असिना पानीले नष्ट गरिदिएपछि त्यस क्षेत्रका किसानहरुलाई चिन्ता थपिएको छ ।