१९ कार्तिक २०८३, बिहिबार

चोरी गरी भाग्दै गरेको अवस्थामा भारतीय युवती पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । राजधानीमा चोरी गर्दै हिडिरहेकी एक भारतीय युवतीलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् ।

चोरी गरी भाग्दै गरेकी भारत मद्रास घर भई काठमाडौं सिनामंगल डेरा गरी बस्ने २३ वर्षीया अन्जली गिरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–१३ स्थित सुभद्रा पोख्रेलको दुईतले घरबाट आइतबार जुस पेल्ने मेशिन चोरी गरी भाग्दै गरेको अवस्थामा उनलाई स्थानीय बासिन्दाले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।