१९ कार्तिक २०८३, बिहिबार

कांग्रेसकै नेतृत्वमा संविधान संशोधनसम्बन्धी प्रस्तावले निकास पाउँछ – पौडेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसकै नेतृत्वमा संविधान संशोधनसम्बन्धी प्रस्तावले निकास पाउने दाबी गर्नु भएको छ ।

नेपाली जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशनको ओस्लोमा उद्घाटन गर्दै पौडेलले नेपाली कांग्रेस बाहेक अन्य कुनै दलले पनि राष्ट्रिय समस्याको समाधान गर्न नसक्ने दाबी गर्नु भएको हो ।

संविधान संशोधनसम्बन्धी प्रस्तावलाई प्रक्रियमा नै प्रवेश गर्न नदिई प्रमुख प्रतिपक्षी दल एमालले संसदीय प्रणालीको उपहास गरेको आरोप पौडेलले लगाउनुभयो ।

बेग्लै प्रसंगमा नेता पौडेलले सिमित नेताहरु मात्र बसेर निर्माण गर्ने प्रान्तहरुले संघीयतालाई संस्थागत गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

नेपाली कांग्रेसलाई शशक्त तथा जुझारु संगठन बनाउन जनसम्पर्क समितिहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै नेता पौडेलले जनसम्पर्क समितिहरुको थप प्रभावकारी भूमिकाका लागि केन्द्रीय समिति बैठकमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो ।

यसैबीच अधिवेशनले जितेन्द्र शाहीको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । पौडेल बेल्जियम, स्विडेन, फिनल्याण्ड लगायतका अन्य यूरोपेली मुलुकहरुमा जनसम्पर्क समितिले आयोजना गर्ने विविध कार्यक्रमहरुमा सहभागी हुनुहुनेछ ।

नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनु भएका पौडेल जनसम्पर्क समितिहरुमा बलियो पकड भएका नेताका रुपमा परिचित हुनुहुन्छ ।