काठमाडौं, ११ पुस । पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाजले पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त रजिस्ट्रार प्रमिला थापालाई आज औपचारिक बधार्इ ज्ञापन गरेको छ ।
बधार्इ कार्यक्रममा सरोकार समाजका अध्यक्ष सन्जिब रोकाहाले विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठ गाउँ सार्ने आफूहरुको अभियानलाई सार्थक बनाउन सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले विश्वविद्यालयलाई ‘हाम्रो र राम्रो’ बनाउने अभियानमा सिंगो नागरिक समाजले नबनियुक्त रजिस्टारलार्इ सहयोग गर्ने प्रतिबद्दता जनाउनुभयो ।
उहाँले आफूहरुले बिगतमा अगाडि सारेका एजेन्डालाई अध्ययन गरि समाधानको लागि सहकार्य र सहस्तित्वको नीति अवलम्बन गर्न आग्रह गर्नुभयो ।
परिक्षा प्रणालीमा सुधार विश्वविद्यालयको भिजन तर्जुमा लगायत मेडिकल कलेज र केन्द्रीय कार्यालयमा आफूहरुको विशेष चासो रहेको कुरा जानकारी गराउनुभयो ।
नबनियुक्त रजिस्ट्रार थापाले आफू नागरिक अभियानको जहिल्यै सम्मान गर्ने बताउदै आफ्नो कार्यकालको केही समय् हेर्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा आफू सधै नागरिक समाजको साथमा विश्वविद्यालयलाई सुदृढ बनाउन लागिपर्ने प्रतिबद्दता जनाउनुभयो ।













प्रतिक्रिया