
महेन्द्रनगर (धनुषा), ११ पुस । धनुषामा आफैँले चलाएको ट्र्याक्टरले किचिएर चालकको मृत्यु भएको छ ।
जनकपुर–ढल्केवर राजमार्गको धनुषाको लक्ष्मीनिया सडकखण्डमा गए साँझ भएको दुर्घटनामा आफैँले चलाएको ट्र्याक्टरले किचिएर क्षिरेश्वरनाथ नगरपालिका–३ का २२ वर्षीय चालक जाहिल राइनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज१त २८३६ नंको ट्र्याक्टर चलाएर महेन्द्रनगरतर्फ जाँदै गरेका बेला ट्र्याक्टर पल्टिँदा च्यापिएर चालक राईनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जनाएको छ ।
दुर्घटनामा एकको मृत्यु
मलेखु (धादिङ) । आज बिहान पृथ्वी राजमार्गअन्तर्गत बैरेनी गाविस–८, भल्टारमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ९५८७ नंको ट्रक विपरीत दिशाबाट आइरहेको ना ६ ख १११० नंको ट्रकसँग जुधेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लु १ ख ९५८७ नंको ट्रकमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको र अन्य तीन जना गम्भीर घाइते भएकाले उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरी बेस क्याम्प आदमघाटले जानकारी दिएको छ । मृतकको सनाखत भएको छैन । रासस












प्रतिक्रिया