१ कार्तिक २०८३, आइतबार

‘तिमी बिना…’ मा आयुष्मान देशराजसँग रेखाको जोडी (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका रेखा शाहको स्वरमा गीत ‘तिमी बिना…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियोेलाई गायिका शाहले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै सार्बजनिक गरेकी हुन् ।

मुम्बईको एशराज स्टडियोमा एरेञ्ज तथा रेकर्ड गरिएको उक्त गीतमा कमल खत्रीको संगीत छ भने गीतका शब्दहरु गीतकार भूपेन्द्र खड्काले रचना गरेका हुन । सार्वजनिक गरिएको भिडियोको निर्देशन नितिनकुमार चन्दले गरेका हुन् ।

भिडियोमा अभिनेता आयुष्मान देशराज जोशीसंगै गायिका रेखा शाह आफैले अभिनय गरेकी छिन् । यसभन्दा अघिका आफ्ना गीतहरुमा पनि उनको अभिनय रहेको छ ।

सार्वजनिक ‘तिमी बिना’मा रेखासंगै गौरव डोगाउँकरको स्वर पनि सुन्न पाइन्छ । डोगाउँकर बलिउडका प्रसिद्ध गायक तथा संगीतकार हुन् । उनले केही नेपाली गीतको कबर भर्सन समेत बनाइसकेका छन् ।

हेर्नुस् भिडियोः