बौनियाँ, १० पुस । कैलालीको लम्कीचुहा नगरपालिकाको छुट्टा छुट्टै ठाउ बाट १६ ग्राम बराबरको लागुऔषध तथा ब्राउन सुगर बरामद गरिएको छ ।
लागुऔषध ओसारपसार तथा दुर्व्यसन नियन्त्रण अन्र्तगत सुदुर पश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटीएको क्षेत्रीय अनुसन्धान समुहले आइतबार बरामद गरेको हो ।
लम्कीचुहा नगरपालिका २ बाट ६ ग्राम र १ चिसापानी को पुरानो बजारबाट १० ग्राम बराबरको ब्राउन सुगर सहित छ जनालाई पक्राउ गरेको हो ।
ब्राउन सुगर सहित कैलालीको लम्की चुहा २ का २५ बर्षिय नरेष श्रेष्ठ, लम्कीचुहा ११ बस्ने ३१ बर्षिया जनक मिजार, र चिसापानी पुरानो बजार बाट लम्कीचुहा १ बस्ने २५ वर्षिया हिमाल अधिकारी, २३ बर्षिया मनोज महत्तो, सोही ठाउका टेक बहादुर राना र मसुरीया २ मोनकापुर बस्ने १९ बर्षिया शुशिला थापालाई पक्राउ गरिएको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले जनाएको छ ।
पक्राउ परेका अभियुक्त लाई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय लम्की र चिसापानीमा राखीएको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूहले जनाएको छ ।












प्रतिक्रिया