उर्लाबारी, १० पुस । प्रेस चौतारी मोरङले आईतवार विराटनगरमा जिल्लाभित्र रहेका संगठनमा आबद्ध पत्रकारलाई प्रशिक्षण दिएको छ ।
चौतारीका केन्द्रिय पदाधिकारीको उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा जिल्लाभित्र रहेका चौतारीमा आबद्ध ५० बढी पत्रकारको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकार महासंघको आगामी निर्वाचनमा मोरङसहित प्रदेश नम्बर १ का धेरैजसो ठाउँमा चौतारीको नेतृत्व स्थापित गराउन अहिलेदेखी नै लाग्न निर्देशन दिए । संगठनभित्र एकता आवश्यक रहेकोमा जोड दिँदै उनले सहमतिमै महासंघको उम्मेद्वारी चयन गर्नुपर्ने धारणा राखे ।
सहभागीहरुलाई चौतारीको भावी योजना र रणनिति, संगठन र पार्टीको प्रचार, महासंघको निर्वाचनमा चौतारीको रणनिति, आन्तरिक सुद्धिकरण लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
सोही कार्यक्रममा मोरङका पत्रकार प्रह्लाद गुँरागाई प्रेस चौतारीमा प्रबेश गरेका थिए । २०५६ सालदेखी पत्रकार महासंघको सदस्यता लिएर पत्रकारिता गरिरहेका गुँरागाईलाई केन्द्रिय पदाधिकारीहरुले चौतारीमा प्रबेश गराएका थिए ।













प्रतिक्रिया