– नवराज श्रेष्ठ
रामेछाप, १० पुस । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटाले नेपालको संविधानमा प्रादेशिक सूचना आयोगको परिकल्पना नहुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
रामेछापको सदरमुकाम मन्थलीमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका प्रमुख एवं प्रतिनीधि र सञ्चारकर्मीसँग भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
आपूmले प्रत्यक राजनीतिक दलका नेताहरुलाई व्यक्तिगत रुपमा भेटेर सो सुझाव दिएको भए पनि त्यसको कुनै सुनुवाई नगरेको उनले गुनासो गरे । उनले नेपालको संविधानले अझै पनि नागरिकलाई पूर्ण रुपमा सूचनाको प्रत्याभूति गराउन नसकेको बताए ।
वर्तमान संविधानमा सूचना माग्ने र दिने कुरा उल्लेख भए पनि सूचना प्राह गर्ने कुरा उल्लेख नभएको उनले बताए । वास्कोटाले प्रदेशमा सूचना आयोगको व्यवस्था नगरिँदा सूचनामा नागरिकको पहुँच कम हुने बताए ।
साथै नागरिकलाई एकाति सूचना दिने कुरा संविधानले गरेको भए पनि अर्काेतिर गोप्य सूचना दिन वाध्य नहुने कुरा उल्लेख गरेर नागरिकको सूचनाको अधिकार संवैधानिक रुपमा नै खोसिएको उनले आरोप लगाए ।
नेपालमा केही अर्धन्यायिक निकायका अनुसन्धाका क्रममा रहकेका विषय बाहेक जिल्लमा गोप्य राख्ने सूचना केही नहुन भएकोले कुनै पनि वहानामा सूचना नलुकाउन उनले कार्यालय प्रमुखहरुलाई निर्देशन दिए ।













प्रतिक्रिया