१९ कार्तिक २०८३, बिहिबार

रक्षामन्त्रीसँगै देशदौडाहमा प्रधानसेनापति, चितवनमा देखियो यस्तो दृश्य

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । प्रधानसेनापति राजेन्द्र क्षत्री आइतबार रक्षामन्त्री बालकृष्ण खाँडसँगै चितवन पुगेका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार दुबै जनाले चितवन जिल्लास्थित श्री नं. २ विपद् व्यवस्थापन गण, मकवानपुर जिल्लाको श्री सुनाचुरी ईमल्सन प्लाण्ट र भिमफेदीस्थित श्री बहुउद्देश्य प्लाष्टिक उद्योगको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा रक्षामन्त्री खाँड र प्रधानसेनापति क्षत्रीले उल्लेखित तीनवटै युनिटहरुको बस्तुस्थितिबारे जानकारी लिनुको साथै श्री नं.२ विपद् व्यवस्थापन गणद्वारा प्रदर्शन गरिएको खोज तथा उद्दारको डेमोस्ट्रेसन अवलोकन गरेका थिए ।

उक्त भ्रमणमा रक्षा सचिव श्रीधर सापकोटा, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत सहभागिता थियो । निरीक्षण भ्रमण सम्पन्न गरी रक्षामन्त्री र प्रधानसेनापति आजै काठमाडौं फर्किएका छन् ।

यसअघि प्रधानसेनापति क्षत्री पूर्वको भ्रमणमा थिए । र, शनिबार मात्रै काठमाडौं फर्किएर आइतबार रक्षामन्त्रीसँग चितवन पुगे ।

पछिल्लो समय देशमा अस्थिरता बढिरहेका बेला आन्तरिक गतिविधि बुझ्न प्रधानसेनापति आफै देशदौडाहमा छन् ।