१९ कार्तिक २०८३, बिहिबार

देशलाई सिक्किमीकरण हुन दिन्नौं – युबा संघ अध्यक्ष पहारी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १० पुस । नेकपा एमालेको भातृ संगठन युबा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पहारिले देशलाई सिक्किमिकरण गर्न खोजिएको भन्दै त्यसलाइ कुनै पनि हालतमा देशभक्त युवाहरुले सफल हुन नदिने बताएका छन् ।

युबा संघ कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पहारीले भारतको इशारा र निर्देशनमा प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिले संबिधान बिपरित संशोधन प्रस्ताव संसदमा दर्ता गरेकाले युबा संघले कानुन हातमा लिएर हैन साथमा लिएर राष्ट्रघातीहरुलाई ठेगान लगाउने चेतावनी दिए ।

नेपाली सेनालाई शान्ति सेनामा पठाउँदा भारत अधिनस्थ राखेर पठाउनुपर्ने भन्ने प्रस्ताब राष्ट्रियतामाथिको बर्बर आक्रमण भन्दै त्यसो गरौं भन्नेहरुले नेपाललाई सिक्किमीकरण तर्फ लैजान खोजेको बताए ।

पहारीले सबै भुगोलका जनताबीचको सहिष्णुता खलबलाउने उद्देश्यले ल्याइएको प्रदेश पुनः सीमांकनको प्रस्ताब कुनै पनि हालतमा बिफल बनाएरै छाड्ने बताए ।

एमाले र युबा संघलाई कमजोर पार्न दुर्गा तिवारी जस्ता आफ्ना होनाहार प्रभाबशाली कार्यकर्तालाई छानि छानी षड्यन्त्रपूर्ण तरिकाले हत्या गरिएको उनको आरोप छ ।

तिवारीको हत्या केवल राजनीतिक कारणले गरिएको भन्दै हत्यारालाई सरकारले तोकेको १५ दिनको समय सीमाभित्र कडा भन्दा कडा कारबाही गर्न माग गरे ।

देशको सार्बभौमसत्ता र अश्मिताको रक्षाको निम्ति आफ्नो संगठन हातमा दहि जमायर नबस्ने उनको भनाइ थियो ।