३ कार्तिक २०८३, मंगलबार

ह्वावेले ल्यायो नयाँ जीआर फाइभ २०१७, डुअल क्यामराको साथ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । अग्रणी स्मार्टफोन कम्पनी ह्वावेले स्मार्टफोनको विश्वव्यापी बजारमा आज ह्वावे GR5 2017 लन्च गरेको छ ।

यो आकर्षक र पावरफुल स्मार्टफोन उचित बजेटमा शपिङ गर्न रुचाउने प्राविधिक ट्रेन्डसेटरहरुका लागि बनाइएको हो । आफ्नो प्रिमियम डिजाइन र अत्याधुनिक प्रविधिका कारण ह्वावे GR5 जस्तै नै ह्वावे GR5 2017 पनि अधिक मूल्यका ह्याण्डसेटलाई कडा प्रतिस्पर्धा दिन सक्षम छ ।

अझ भन्नु पर्दा, नयाँ GR5 2017 GR5 को पनि विकसितरुप हो, जसले अझ तेज परफरमेन्स, अतुलनीय ब्याट्री लाइफ र स्मार्टफोनको बजारमा नै सबैले खरिद गर्नसक्ने प्रिमियम डुअल क्यामरा प्रदान गर्दछ ।

सबैभन्दा सुपथ मूल्यमा उत्कृष्ट डुअल क्यामरा फोन

ह्वावे GR5 2017 ठ मा उत्कृष्ट डुअल क्यामराको विशेषता दिंदै सुपथ मूल्यमा उत्कृष्ट विशेषता प्रदान गरी ह्वावेले स्मार्टफोन उद्योगमा दरिलो फड्को मारेको छ । बजेट प्रति सचेत हुने प्रयोगकर्ताहरुका लागि यस डिभाइसमा दुई वटा डुअल क्यामरा राखेर ह्वावेले सबैलाई उत्कृष्ट फोटो खिच्ने डुअल क्यामराको पावर प्रदान गरेको छ । ह्वावे GR5 2017 को १२ एमबी र २ एमबी रियर क्यामराले मात्र ०.३ सेकेण्डमा एक साथ अटोफोकस गरेर प्रयोगकर्तालाई डाइन्यामिक डेप्थ अफ फिल्ड प्रदान गर्दछ, जसले गर्दा खिचेको फोटोहरुमा निकै नि राम्रो स्पष्टता र वाइड–एंगल सट् पाइन्छ, जुन सिंगल लेन्सबाट खिच्दा सम्भव हुँदैन ।

परफेक्ट ब्यूटी सट

ह्वावे GR5 2017  ले सबैलाई राम्रो र पृथक देखिन मद्दत गर्दछ, किनकि यसमा ह्वावेको सबैले रुचाएको १०–लेभलको ब्यूटी मोड, अटो मेक–अप मोड जस्ता परफेक्ट सेल्फी फिचरहरु छन्, जसले वास्तविक समयमै ब्यूटी मोड समन्वय गर्दछ । यस स्मार्ट फोनको ८ एमपी फ्रन्ट क्यामरामा ७८ डिग्री वाइड एंगल भिज्वल रेन्ज र ४पी लेन्स एरीका साथै रमाइला क्षणहरुमा प्रयोगकर्ता र उहाँका साथीहरुलाई फ्रन्ट र सेन्टरमा राखेर उक्त पल समेट्नलाई प्यान्यारोमिक सेल्फी पनि छ । यसको फ्रन्ट क्यामरामा रमाइलो र डाइन्यामिक सेल्फी भिडियोका लागि १०८०पी भिडियो रेकर्डङ छ ।

चार्जिङ केबललाई पछाडि छोड्नुहोस्

ह्वावे GR5 2017 दिन–रातकै तीव्र र विश्वसनीय साथी हो, जसले अत्यधिक मात्रामा मोबाइल चलाउने प्रयोगकर्तालाई पनि १.५ दिनको पावरफुल परफरमेन्स दिन्छ । यसको श्रेय यसको ३३४० mAh को ठूलो ब्याट्री र ह्वावेको आफ्नै इन्टेलिजेन्ट पावर–सेभिङ प्रविधि हो । ह्वावे GR5 2017 मा HiSilicon Kirin 655 Octa-Core प्रोसेसर छ, जसले गर्दा यसले कुनै पनि कार्य छिट्टै गर्नसक्छ र यसको नयाँ i5 कोप्रोसेसरले ब्याट्रीको खपत कम गर्ने र पूरै स्पीड र प्रभावकारीता अभिवृद्धि गर्ने क्षमता प्रदान गर्दछ ।

फिङ्गरप्रिन्ट ३.०

ह्वावेको सबैभन्दा नयाँ फिङ्गरप्रिन्ट प्रविधि आफ्नो सुरुवाती समयभन्दा १००% बढी सुधार भएको छ । ह्वावे GR5 2017 मा रहेको फिङ्गरप्रिन्ट ०.३ को ३६० डिग्री रिडेबिलिटीका साथ यसका प्रयोगकर्ताले मात्र ०.३ सेकेण्डमै सुख्खा वा फिजेको औंलाले फोन चलाउन मद्दत गर्दै संसारसँग जोडिन र सृजनशील हुन साथ दिन्छ । र ह्वावेको फिङ्गरप्रिन्ट प्रविधि बहुउपयोगी भएकोले प्रयोगकर्ताले मात्र एक टच्मा फोटो खिच्न वा फोन उठाउन सक्छन् ।

तपाईंको क्षितिजलाई फराकिलो पार्ने

ह्वावे GR5 2017 मा ५.५ इन्चको फुल हाइ–डेफिनेसन ठूला स्क्रिन छ, जसले प्रयोगकर्ताको क्षितिजलाई फराकिलो पार्दछ । यसमा छुनै मजा आउने र समात्न सजिलो युनी बडी र फुल्ली मेटालिक फ्रेम छ । ह्वावे GR5 2017 मा रहेको नेगेटिभ LCD डिस्प्ले डाइन्यामिक कन्ट्रास्ट समन्वय प्रविधिले जीवनका वास्तविक रङ्ग समेटेका उल्लेखनीय विविध इमेज, फोटो र भिडियोहरु लिन मद्दत गर्दछ ।

विस्तृत जानकारीका लागि, यहाँ हेर्नुहोस्ः

http://consumer.huawei.com/np