
काठमाडौं, १० पुस । नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले पुस २१ गते बृहत मोटरसाइकल र्याली निकाल्ने भएको छ ।
संविधान संशोधन प्रस्तावविरुद्ध विपक्षी ९ दलद्धारा पुस २२ गते आयोजित जनप्रदर्शन र आमसभा कार्यक्रमको पूर्वसन्ध्यामा पुस २१ गते १० हजार मोटरसाइकलमा एकसाथ र्याली निकालिने युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए ।
यसैबीच आज बसेको एमाले प्रचार विभाग बैठकले पुस २१ गते मोटरसाइकल र्याली गर्न युवा संघ, अनेरास्ववियुसहित खेलकुद महासंघ, जिफन्ट, पेशागत महासंघ र सम्पर्क विशेष कमिटीलाई जिम्मेवारी दिएको छ ।
यस्तै, उपत्यकाभित्र २० र २१ गते एक निर्वाचन क्षेत्रमा कम्तीमा १० ठाउँमा कोण सभा गर्ने निर्णय पनि बैठकले गरेको छ । १५० ठाउँमा यस्ता कोणसभा हुनेछन् ।
पुस २२ गते १ बजे रत्नपार्कबाट मूल जुलुश सुरु भई सहर परिक्रमा गरी ३ बजे भृकुटीमण्डपमा आयोजना हुने विरोध सभालाई विपक्षी ९ वटै पार्टीका अध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।












प्रतिक्रिया