२ कार्तिक २०८३, सोमबार

पतिपत्नीको सम्बन्ध मजबुत हुँदैन, तब मात्र…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । तमाम विरोध, विवाद र आलोचनाका बावजुद पूर्वक्यानेडियन पोर्न स्टार सन्नी लियोनले बलिउडमा नायिकाका रूपमा परिचय बनाएकी छिन् ।

अब छिट्टै नै उनी शाहरूख खानको फिल्म रइसको गीत लैला ओ लैलामा आफ्नो अदा देखाउँदै छिन् । यसलाई लिएर उनी निकै उत्साहित पनि देखिएकी छिन् ।

उनले भनेकी छिन् कि केही हदसम्म उनको शाहरूख खानसँग काम गर्ने सपना पूरा भएको छ । उनले भनेकी छिन्– ‘मेरा लागि सबैभन्दा ठूलो उपलब्धि नै यही हो कि मैले शाहरूख खानसँग काम गर्ने मौका पाएकी छु । उनी दिलदेखि निकै राम्रो मान्छे हुन् ।’

ठूलाठूला एक्टर्स तपाईंलाई यस करण रिजेक्ट गर्छन् कि उनीहरूको श्रीमतीहरू तपाईंसँग काम नगरोस् भन्ने चाहन्थे, के रइसमा यो स्थिति बदलिन्छ ? भन्ने भारतीय सञ्चारमाध्यमको एक प्रश्नमा उनको जवाफ थियो– ‘यो कुरा कलाकारमा निर्भर हुन्छ । शाहरूख खान र उनको पत्नी गौरीको सम्बन्ध मजबुत छ । जब पतिपत्नीको सम्बन्ध मजबुत हुँदैन, तब मात्र उनीहरू असुरक्षित हुन्छन् । केही ठूलाबडा कलाकारले उनीहरूको हिरोइनको अगाडि मलाई रिजेक्ट गरे । किनकि उनीहरूको श्रीमतीले मसँग काम गर्न अनुमति नै दिएनन् । अब म उनीहरूलाई कसरी सम्झाऊँ कि मलाई उनीहरूको श्रीमान्प्रति कुनै इन्ट्रेस्ट छैन भनेर । मेरो आफ्नै पति छन् र उनी निकै हट छन् । मलाई कसैको पतिको अगाडि जान जरुरी नै छैन । मेरो आफ्नै श्रीमान् दिनरात छायाजस्तै मेरो साथ रहन्छन् ।’ – एजेन्सी