१ कार्तिक २०८३, आइतबार

नेपाललाई हिन्दू राष्ट्र बनाउन काठमाडौँमा काँग्रेसको गोप्य भेला, के-के भयो ?

10.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । नेपाललाई सनातन हिन्दू राष्ट्र बनाउन नेपाली काँग्रेसका नेता-कार्यकर्ताको काठमाडौँमा गोप्य भेला भएको छ ।

नेपाली कांग्रेसका प्रभाबशाली नेता खुमबहादुर खड्काको आयोजनामा कांग्रेस सनातन हिन्दू राष्ट्र महाअभियानको विस्तारित बैठक आयोजना गरिएको हो । राजधानीको बत्तिसपुतलीस्थित एउटा फुडल्याण्डमा गरिएको कार्यक्रममा देशका विभिन्न जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । भेलाले फागुनपछि देशभर आन्दोलन गर्ने रणनीति तय गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै काँगेस नेता खड्काले राष्ट्र र राष्ट्रियता संरक्षणका लागि पनि हिन्दू राष्ट्र चाहिएकोले कुनै पनि हालतमा हिन्दू राष्ट्र बनाएरै छाड्ने बताए । कांग्रेसमा आफ्नो धेरै खुन पसिना बगेको भन्दै नेता खड्कोले सके बिचार र संगठनले पार्टी नै कब्जा गर्ने हो नत्र पार्टीलाई मजबुत गराउन निरन्तर लाग्ने बताएको स्रोतले जनायो ।

गोप्य भेलामा महाअभियानका संयोजक खड्का, सहसंयोजक लक्ष्मण घिमिरे लगायतले सम्बोधन गरेका थिए भने काँग्रेस नेता लालगोपाल अर्याल, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले कार्यपत्र प्रस्तुत गरेका थिए। भेला झण्डै सात घण्टा चलेको थियो ।