१९ कार्तिक २०८३, बिहिबार

पूर्वको भ्रमणमा प्रधानसेनापति क्षत्री, राष्ट्रिय हितको रक्षार्थ खटिन निर्देशन

9.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वी पृतना हेडक्वाटर अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा क्षत्रीले शनिबार पाँचथर जिल्लाको फिदिमस्थित भैरवीदल गण र भोजपुर जिल्लास्थित रणबम गणको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति क्षत्रीले उक्त गणहरुको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए ।

सोही अवसरमा उनले सकलदर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हीत रक्षार्थ अनुशासित, संयम् एवं पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिए ।

निरीक्षण भ्रमण पश्चात् प्रधानसेनापति क्षत्री आजै काठमाडौं फर्किएका छन् ।