१९ कार्तिक २०८३, बिहिबार

संविधान कार्यान्वयनका लागि आर्थिक रुपमा समृद्ध बन्नुपर्छः प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, ९ पुस । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनका लागि देशलाई आर्थिक रुपमा समृद्ध बनाएर समाजवाद तर्फ अघि बढ्ने तयारीमा रहेको बताउनु भएको छ ।

संविधानमा नै अब नेपाल राज्य समाजवाद उन्मुख हुनेछ भनेर उल्लेख गरिएकोले जनवादलाई पुरा गर्दै समाजवाद निर्माणमा लाग्नुपर्ने उहाँको भनाई छ । रुकुमको चुन्वाङ्ग गाविसको भेरीडाँडामा शनिबार गूरिल्ला ट्रेक तथा युद्ध संग्राहलयको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचन्डले यस्तो बताउनुभएको हो । तर नेपाललाई समृद्ध नबनाईकन र गाउँ घरको विकास नगरीकन समाजवाद निर्माण गर्न नसकिने उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले गूरिल्ला ट्रेक र युद्ध संग्राहलयको स्थापनाले अब यस क्षेत्रलाई प्रर्यटन र आर्थिक विकासको मेरुदण्डको रुपमा लिनुपर्ने बताउनुभयो ।

साथै उहाँले कार्यक्रम मार्फत् गूरिल्ला ट्रेक र युद्ध संग्राहलयकोे विकास र प्रचार–प्रसारका लागि आफुले बजेट विनियोजन गर्ने घोषणा समेत गर्नुभएको छ ।