१९ कार्तिक २०८३, बिहिबार

भैरहवामा चक्काजाम, भोलि सबैले शपथ खाने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ९ पुस । अखण्ड ५ नम्बर प्रदेशको माग गर्दै रुपन्देहीमा ५ नम्बर प्रदेशका सबै जिल्लामा दिउंसो १ बजेदेखी २ बजे सम्म चक्काजाम भएको छ ।

सो कार्यक्रम भैरहवामा पनि सफलता पुर्वक भएको एमाले जिल्ला सदस्य हरिप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सरकारी विधेयकविरुद्ध भोलि ४ बजे बुद्धचौंकमा सामुहिक सपथ ग्रहण कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा ५ नम्बर प्रदेश टुक्राउन दिनुहुन्न भन्ने व्यक्तिहरुले एकमुष्ठ रुपमा सपथ ग्रहण गरी सरकारी विधेयक विरुद्ध मोर्चाबन्दी गर्नेछन् ।

सामूहिक सपथ ग्रहण कार्यक्रममा सबैलाइ सहभागी हुन पनि नेता अधिकारीले आग्रह गर्दै भने सरकारी विधेयकको विरोधमा उत्रीएका अखण्ड ५ नम्बर प्रदेशको पक्षमा भएका सबै महानुभावहरु भोली आइतबार दिउंसो ठीक ४ बजे बुद्धचौंकमा आउनुहोला । यो समय भनेको राष्ट्रकोलागी योगदान दिने समय हो । विखण्डनकारी सल्बलाइरहेका छन् । हामी राष्ट्रबादी र देशभक्त सबै समुदाय अहिले दल, जाति, भाषा, क्षेत्र, वर्ण, लिंग र धर्मभन्दा माथी उठेर प्रदेशको एकताकोलागी एक हुनुपर्दछ ।”

यसैबीच एमाले भातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारालाइ कारबाहिको माग गर्दै भैरहवामा मोटरसाइकल रयाली सम्पन्न भएको छ । सो बाइक रयालीलाइ सम्बोधन गर्दै एमाले जिल्ला सदस्य युवा नेता धर्मराज गिरीले प्रशासनले दुर्गाको हत्यारा तत्काल पत्ता लगाई कारबाहि नगरे पार्टिले अपराधीक मनोवृतिका तत्वलाइ पत्ता साफ गर्ने अभियान नै चलाउन बाध्य हुने चेतावनि दिएका छन् । रयालीमा सयौ मोटर साइकल सहभागी रहेका थिए ।