१९ कार्तिक २०८३, बिहिबार

लहान-ठाडी सडकमा भएको भ्रष्टाचारको छानविन गर्न नयाँ शक्तिको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, ९ पुस । नयाँ शक्ति नेपाल सिरहाले लहान–ठाडी सडकमा करोडौं रुपैयाको भ्रष्टाचार भएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसंग माग गरेको छ ।

नयाँ शक्ति सिरहाले आज लहानमा पत्रकार सम्मेलन गरी लहान–ठाडी सडकमा भएको भ्रष्टाचारको छानविन गर्न माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्ति सिरहाका संयोजक जिवछ यादबले लहान–ठाडी सडकमा भएको भ्रष्टाचारबारे सम्बन्धित निकाय मौन रहेको आरोप लगाए ।

‘लहान–ठाडी सडकमा कालोपत्रे गर्न पूर्वाञ्चल सडक डिभिजन कार्यालय लहानले गत आर्थिक बर्ष ०७१/०७२ र ०७२/०७३ मा पटक पटक गरी करिब तीन करोड रुपैया विनियोजन गरेको छ, संयोजक यादबले भने, ‘तर ठेकेदारले एक किलोमिटर कालोपत्रे गर्न सकेका छैन् ।’

सडक कालोपत्रे नभएपनि इन्जिनियरको मिलोमतोमा ठेकेदारले पटक पटक रकम निकासा लिएको संयोजक यादबले दावी गरे । उनले भने, ‘सडक जस्ताको त्यस्तै छ । तर इन्जिनियरले भने काम भइसकेको भनेर मुल्यांकन गर्नुले मिलोमतो प्रष्ट हुन्छ ।’

लहान–ठाडी सडकमा भएको भ्रष्टाचारबारे सरकारलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र समेत बुझाउने संयोजक यादबले बताए । पुस १२ गते प्रजिअलाई ज्ञापन पत्र बुझाउने र पुस १३ गते लहान–ठाडी सडकमा भ्रष्टाचार विरुद्धको र्याली निकाल्ने पनि उनले भने ।

यसरी ठेक्का लिएर काम नगरी निकासा लियो

आर्थिक वर्ष २०७१/७२ मा टेन्डर मार्फत् रामविकास जेवी काठमाडौं निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । लहानस्थित अस्पताल चौकदेखि १ किलोमिटर सडक पिचका लागि ८४ लाखको टेन्डर उक्त कम्पनीेले ५० लाख ८९ हजार ४ सय ६६ रुपैयामा कबोल गरे । तर काम गरेनन् ।

आर्थिक वर्ष २०७२/७३ को शुरुमा थप १ दशमलब ५ किलोमिटर सडक पिचका लागि १ करोड ८७ लाखको टेन्डर वि.पी. विकास निर्माण सेवाले ९२ लाख ५७ हजारमा कबोल गरेपनि काम नगरी बिल मिलाएर रकम निकासा लिएको छ । सोही आर्थिक वर्षमा थप सडक पिच गर्ने भनि सडक डिभिजन कार्यालय लहानले थप २ दशमलब ४ किलोमिटर सडक पिचका लागि निकालेको १ करोड ५३ लाखको टेन्डर ७२ लाख ३८ हजार १ सय ७५ रुपैयामा कबोल गरे तर काम नगरी खर्च बिल मिलाएर ठेक्केदारलाई निकासा दिएको छ ।

यस्तै आर्थिक वर्ष २०७२/०७३ मा बाकी सडक पिच गर्न दुई पटक फरक–फरक निर्माण कम्पनी ठेक्का लिएको उक्त कार्यालयको रेकर्डमा उल्लेख छ । आर्थिक वर्ष २०७२/०७३ को शुरुमा थप १ दशमलब ५ किलोमिटर सडक पिचका लागि १ करोड ८७ लाखको टेन्डर वि.पी. विकास निर्माण सेवाले ९२ लाख ५७ हजारमा कबोल गरेपनि काम नगरी बिल मिलाएर रकम निकासा लिएको छ ।

सोही आर्थिक वर्षमा सडक पिच गर्ने भनि सडक डिभिजन कार्यालय लहानले थप २ दशमलब ४ किलोमिटर सडक पिचका लागि निकालेको १ करोड ५३ लाखको टेन्डरमा ७२ लाख ३८ हजार १ सय ७५ रुपैयामा कबोल गरेको छ । तर काम नगरेपनि खर्च बिल मिलाएर ठेक्केदारलाई रकम निकासा दिने काम गरेको नयां शक्ति सिरहाले जनाएको छ ।