१ कार्तिक २०८३, आइतबार

जापानको ओसाकामा ऋषि धमलामाथि हमला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आसोका । जापान भ्रमणमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले शुक्रबार जापानको ओसाकामा रहेका नेपाली समूदायहरुसँग विशेष अन्तरक्रिया गरेका छन् ।

शुक्रबार ओसाका आईपुगेका पत्रकार धमलासँगको अन्र्तक्रियामा यहाँ रहेका नेपालीहरुले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा आफुहरुले नजिकबाट नियाँलिरहेको जनाउँदै चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा जापानमा व्यवसायी गर्दै आएका युवा व्यवसायी एवम् एनआरएनए जापानका पूर्व अध्यक्ष पारसमणि पोखरेलले जापानमा बसोबास गर्ने नेपालीहरुको सिप तथा क्षमता अनुकरणीय रहेको बताउँदै त्यसलाई नेपालको विकासमा पनि प्रयोग गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा पत्रकार धमलाले जापानमा छरिएर रहेका करिव ६० हजार नेपालीहरुको सिप, क्षमतालाई नेपालका राजनीतिक नेतृत्वहरुले उपयोग गर्नुपर्ने सुझाव दिए ।

उनले जापानको आर्थिक विकासलाई नजिकबाट नियाँलिरहेका नेपालीहरुलाई पनि नेपालको विकासबारे चिन्ता रहेको आफूले पाएको जनाए ।

कार्यक्रममा ओसाकाका एनआरएनएका अध्यक्ष टिकाराम कँडेल, एनआरएनए आईसिसि सदस्य तुलसी खरेल, एनआरएन जापानका सदस्य आत्माराम गैरे लगायतको उपस्थिति थियो ।